उत्तमकुमार थापा /बझाङ
काेभिड १९ काेरना भाईरसले देश अाक्रान्त भएको छ । यसै विच बझाङ जिल्ला पनि अछुतो रहन सकेको छैन ।
बझाङ जिल्ला अस्पतालमा केही समय अगाडि अक्सिजन अभाव भएको भान थियाे । तर अस्पताल परिवारले जसाे तसाे मेनटेन गरेको पाईन्छ । अस्पताल सँग ४६/४७ थान अक्सिजन थिए । धेरै खाली पनि भएको थियाे । केही समय अगाडि माननीय अाशा कुमारी विकले ७ वटा सिलिन्डर पठायाे तर अक्सिजन नभएको पाईएपछि निकै चर्चा भएकाे थियाे ।
यसै विच बझाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी माेहन अधिकारीले विभिन्न जिल्लामा रहेका ठुला प्राेजेक्ट सँग छलफल सहित कुराकानी गर्दै कालङ्गाहाईड्राे पावर लाई सहयाेग गर्न अाग्रह गर्नुभएको हाे । सिडियाेले भनेपछि हाईड्राेपावरले करिव १४६ सिलिन्डर खालिरहेकाे बताउदै उनले भर्न अाफु सँग सम्पर्कमा रहेको अक्सिजन कम्पनीमा पठाएकाे हाे ।

विचमा धेरै दुख कष्टकर समयका बाउदुत हिजाे राति बझाङमा पुगेको १४६ थान भरिएको अक्सिजन सिलिन्डर जिल्ला समन्वय समिति प्रमुख खडक बहादुर खड्का र प्रमुख जिल्ला अधिकारी माेहन अधिकारीले एक कार्यक्रमका विच जिल्ला अस्पताल बझाङका प्रमुख डाक्टर शन्दिव अाेखेडा र जिल्ला स्वास्थ्य कार्यालय प्रमुख भानु जाेशीलाई हस्तान्तरण गर्नुभएको हाे । कार्यक्रममा बाेल्दै अधिकारीले भने अब जिल्लामा अक्सिजनकाे कमि नहुनेमा ढुक्क रहन अनुराेध गर्दै सबैलाई अा अाफ्नाे स्थान बाट सहयाेग गर्न अनुराेध गर्नुभएको हाे भने हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति अध्यक्ष खड्काले बिशेष गरि पहल गर्ने सिडियाे माेहन अधिकारीलाई धन्यवाद दिनुकाे साथै सबैलाई हातेमालो गर्न अाग्रह गरेका हुन । सिलिन्डर कालङगा हाईड्राे पावरले सहयाेग गरेकाे हाे । जुन जुन स्थानीय तहमा अावश्यक पर्छ त्यतै अस्पताल सँग समन्वय गरेर लिन सकिने डाक्टर शन्दिपले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

