रवि पाण्डेय /नवलपरासी
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका पशुपंन्छी विकास शाखाले साना बाख्रापालक कृषकहरुलाई लक्षित गरी सुधारिएको बाख्राको खोर बनाईदिने भएको छ । बाख्रा पकेट क्षेत्र विकास कार्यक्रम अन्तरगत बर्दघाट – २ को पहाडी क्षेत्रका आमबाँस र सुखौरा गाँउका कृषकहरुलाई लक्षित गरेर सुधारिएको खोर बनाइने पालिका प्रमुख धीरज शर्मा बस्यालले बताउनुभयो ।
पहाडी चुरेक्षेत्र र वडा १६ लाई बाख्रा पकेट क्षेत्र बनाउने पालिकाको योजना रहेको उहाँले जानकारी दिनुभयो । जसअनुसार चुरेक्षेत्र भित्रका बाँसखोला संसारकोट तिल्केनीलगायतका गाउका कृषकलाई आगामीबर्ष यस कार्यक्रममा समाबेश गरिने पशुपन्छी विकास शाखा प्रमुख भरत लम्सालले बताउनुभयो ।

चालु बर्ष आमबाँस र सुखौरामा ४५ बटा सुधारिएको खोर निर्माण हुने लम्सालले बताए । हाम्रो कार्यक्रम अनुसार सुखौरामा २० र आमबाँसमा २० खोर बन्नेछन् – उहाँ भन्नुभयो ।– नेपाल लाइभ स्टक इनोभेसन परियोजनाबाट ५ वटा नमुना खोर तयार हुदैछन् । जम्मा ४५ खोर हुनेछन् ।
नगरतर्फको १५ लाख रुपैया लागतमा सुधारिएको खोर, डिपिङ ट्याङक, भुई तथा बहुबर्षे डाँले घाँस विकास , नश्ल सुधार र प्रबिधि प्रदान गर्ने योजना रहेको शाखा प्रमुख लम्सालको भनाई छ । लम्सालका अनुसार ५ वटा माउ बाख्रा पाल्नका लागि प्रति खोर १५ हजार रुपैया लागतको खोर बनाइने छ ।
साना कृषकलाई ब्यवसायिक बनाउन र बाख्रा पकेट क्षेत्र विकासका लागि यस योजना कार्यान्वयन हुने लम्सालले बताउनुभयो ।
त्यस्तै नेपाल लाइभस्टक इनोभेसन परियोजनाका सामाजिक परिचालक प्रेम वलीले परियोजनाले आँसबासमा ५ वटा नमुना खोर बनाउने क्रममा रहेको बताउनुभयो । हामीले समुह प्रवद्र्धन गरेर पाठशाला संचालन गर्दै आएका छौ –वलीले भन्नुभयो – बर्दघाट नगरमा गठित ५ समुहमध्ये तीनवटा बाख्रापालक कृषकका छन् । यस कार्यक्रम अन्तरगत प्रति खोर २० हजार प्रदान गर्ने वलीले जनाउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

