Rashtriya Dainik

५० प्रतिशत अनुदानमा धानको बीउ बितरण

नवलपरासी ः बर्दघाट नगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको बिउ बितरण गरेको छ । नगरले सहकारी एंव संघसंस्थामार्फत उन्नत बीउ प्रदान गरेको हो ।

नगरले मधुवन कृषि बहुउदेश्शीय सहकारी संस्था बर्दघाट ९ जनभावना बहुउदेश्शीय सहकारी संस्था बर्दघाट १२ र सिर्जनसिल बिउ बैक बर्दघाट १५ लगायतका सहकारी÷संस्था मार्फत कृषकलाई बीउ वितरण शुरु गरेको छ ।
बीउ बितरण प्रणालीबारे नगर प्रमुख धीरज शर्मा बस्यालले अनुगमन समेत गरेका छन् ।

अनुगमनको क्रममा प्रमुख बस्यालले नगरमा धान उत्पादन बृद्धि गरी खाद्यान्नमा आत्मनिर्भर बनाउने उदेश्यले धानको बिउ वितरण शुरु गरिएको बताउनुभयो । किसानहरुले नगरले यसैगरी कृषिमा अनुदान दिनुपर्ने बताउदै अझ समयमै धानको बिउ बितरण हुनुपर्नेमा जोड दिएका थिए ।

कृषि विकास अधिकृत युवराज लम्सालका अनुसार जेठ १५ गते सम्म धानको बिउ वितरण सम्पन्न गर्ने गरी योजना बनाइएको छ ।
लालपुर्जा भएका कृषकले लालपुर्जाको प्रतिलिपि सहितका कागजपत्र र नभएकाले वडाको सिफारिस लिएर योजनामा समाबेश हुन सक्ने बर्दघाट नगरपालिका कृषि शाखाका जेटिए खुमकान्त न्यौपानेले जनाउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित