पुष्पा गिरी/ नवलपरासी
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नगरक्षेत्र भित्र रहेका सामुदायिक पोखरीहरुमा माछापालन कार्यक्रम शुरु गरेको छ ।
सामुदायिक पोखरीको संरक्षण एंव समुदायलाई उत्पादनमा जोड्ने अभिप्रायले नगरले सामुदायिक माछापालन कार्यक्रम शुरु गरेको नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिनुभयो ।
पोखरी तालतलैया र सिमसारमा माछापालनका लागि नगरले ३ लाख रुपैया बजेट समेत प्रबन्ध गरेको छ । बिशेष गरी थारु समुदायमा माछाको परिकारलाई उत्कृष्ट परिकारमा रुपमा लिइन्छ । नगरका प्रायःजसो थारु समुदाय रहेका गाउँहरुका सामुदायिक पोखरीहरु छन् ।
उक्त योजनाअन्तरगत मंगलवार बर्दघाट–१३ पनईस्थित ३ बिघा १४ कठ्ठा क्षेत्रफलको सामुदायिक पोखरीमा माछाका भुरा हाल्ने कार्यक्रम सम्पन्न गरिएको नगर प्रमुख बस्यालले बताउनुभयो ।
बर्दघाट नगरपालिका पशुपंन्छी तथा मत्स्य विकास अधिकृत भरत लम्सालका अनुसार सामुदायिक पोखरीमा माछा उत्पादन गरी समुदायकै लागि आयआर्जन गर्ने उद्धेश्यले कार्यक्रम संचालन भइरहेको हो । आज शुरुको दिन भएकोले २० केजी भुरा छोडिएको छ – उहाँले भन्नुभयो – एक क्विन्टल भुरा दिने कार्यक्रम हो । अब कार्यक्रम विस्तार गर्दै जान्छौ ।नगरले समुदायलाई कमन कार्प , सिल्भर कार्प, बिगहेड कार्प , रहु र नैनी जातका भुरा दिने कार्यक्रम रहेको लम्सालले बताउनुभयो ।
कार्यक्रमबाट पोखरी संरक्षणका साथै भुराबाट उत्पादित माछा बिक्रीबाट आएको आम्दानी स्थानीय समुदाय र युवा कल्बहरुको हुने भएकोले समुदायको आयबृद्धि हुने लम्सालको विश्वास छ । पोखरीहरुलाई प्राथमिकताका आधारमा छनौट गरी सामुदायिक माछा पालन कार्यक्रम शुरु गरिएको हो । यसैबर्ष बुद्धमंगलतालमा पनि १ क्विन्टल भुरा दिने कार्यक्रम छ – लम्सालले भन्नुभयो –गतबर्ष बाउन्न घोला सिमसारमा भुरा छोडिएको थियो ।
त्यस्तै बुद्धमंगलतालमा पनि माछा र सेतो हाँस छोडिएको छ । जैविक बिबिधताको रक्षा एंव पर्यटकीय विकासका लागि सेतो हांस छोडिएको हो । २५वटा सेतो हास नगर प्रमुख धीरज शर्मा बस्यालले बुद्धमंगल तालमा छोडनुभएको हो । यो ताल बर्दघाट १२ दबिल्लामा रहेको छ । यसताललाई बुद्धकालीन तालको रुपमा लिइन्छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

