अर्जुन शाह /पटेर्वा सुगौली, ८ वैशाख
पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा न २६ स्थीत रहेका इलाका प्रहरी कार्यालय , सुगौली युनिटमा नेपाल खेलकुद महासंघ विरगन्ज महानगर कमिटीद्वारा स्वास्थ्य समाग्री वितरण गरेको छ ।
महानगर कमिटीका अध्यक्ष जेयाद अन्सारीकाे अध्यक्षतमा भएकाे हस्तान्तरण मा प्रमूख अतिथी महासंघका केन्द्रीय सचिव रामकिशोर सिंह (पराग)ले हाल सम्म नेपाल खेलकूद महासंघले ५५ जिल्ला भन्दा बढीमा स्वास्थ्य सामग्री सहयाेग गरिसकेको छ तर हाम्रो जिल्ला प्रहरी कार्यालयलाई नेपाल खेलकूद महासंघ केन्द्रीय कमिटिले एक दुई दिनमा हस्तान्तरण गरने बताए । महासंघ का केन्द्रीय सदस्य अकलेश साह र अनेरास्ववियु का केन्द्रिय सदस्य मेराजुल हवारीको उपस्थिति रहेको थियो । फेस शिल्ड, मास्क सेनिटाईजर केन्द्रिय सचीव परागले कार्यालय इन्चार्ज प्र ना नि हरि चौहानलाइहस्तान्तरण गरेका थिए ।
महासंघका राष्ट्रिय कार्यक्रम अनुसार कोभीड नो भिड मुल नाराका साथ फ्रोन्टलाइनर प्रहरी लाई सामाग्री जिल्ला प्रहरी कार्यालयमा केन्द्रले दिरहेको हुनाले महानगर कमिटीले सानो सानो युनिटहरु मा सहयोग हस्तान्तरण गरिरहेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

