सरकारले संसद् विघटनसँगै कात्तिक २६ र मंसिर ३ का लागि निर्वाचनको मिति सिफारिस गरेको छ । संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन हुन नसकेको भन्दै सरकारले संवैधानिक रूपमै प्रतिनिधिसभा भंग गर्ने निर्णय लिएको हो ।
केहीबेर अगाडि मात्रै राष्ट्रपतिले केपी ओली र शेरबहादुर देउवा दुवैजनाले सरकार गठनका लागि गरेको दाबीमा बहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी गरेकी थिइन् । त्यसलगत्तै बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेको हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

