Rashtriya Dainik

नवलपरासी गाेलिकाण्ड : छानविन समितिले गर्याे, सशस्त्र गाेलीकाण्डकाे स्थलगत अनुगमन, मृतक परिवारसित पनि भेटघाट

नवलपरासी /७ जेष्ठ

गृह मन्त्रालयले गठन गरेकाे सशस्त्र गाेलीकाण्ड छानवीन समितिले अाज सुक्रवार नवलपरासी पुगेर घटनास्थलकाे  निरीक्षण अनुगमन गरेकाे छ ।

गृह मन्त्रालयका सहसचिव कृष्ण प्रसाद पन्तको संयोजकत्वमा गठन गरिएकाे ५ सदस्यीय छानविन समितिले पश्चिम नवलपरासीकाे प्रतापपुर गाउंपालिका ६ स्थित कठहवा सीमामा पुगेर घटनास्थलकाे निरीक्षण गरेकाे प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताउनु भयाे ।

समितिले घटनास्थल पुगेर घटना प्रकृतिबारे जानकारी अध्ययन गरेकाे छ । घटनास्थलमा भेटिएका गाेलीका खाेका, पडकेकाे मृतककाे माेबाइलका टुक्राहरू, रगतका फाेटाहरू संकलन गरेकाे छ । घटनाका प्रत्यक्षदर्शी तथा देख्ने सुन्नेसित समेत घटनाबारे साेधपुछ गरेकाे सशस्त्र प्रहरी उपरिक्षक महेश अधिकारीले बताए ।

समिति पीडित परिवारकाे घर पुगेर मृतकका बुवा बच्चा राजभर लगायत अन्य भद्रभलादमी सित घटनाबारे कुराकानी गरेकाे छ । स्थानीयले गाेली चलाउनुपर्ने अवस्था नहुदा नहुदै प्रहरीले गाेली चलाएकाे अाराेप लगाएका छन् ।

गठित समितिमा सशस्त्र प्रहरीका डिआईजी किशोर प्रधान, नेपाल प्रहरीका एसएसपी मधुसुधन लुइँटेल, गृहमन्त्रालयका उपसचिव माधव प्रसाद पोखरेल र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक सुशान्त शर्मा रहनु भएकाे छ । गृहले समितिलाइ ७ दिन भित्र रायसहितको प्रतिवेदन बुझाउने जिम्मेवारी ताेकेकाे छ ।

भारतीय स्थानीय बजारबाट ओैषधि किनेर फर्कने क्रममा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–६ स्थित सीमामा सशस्त्रले राेकेपछि विवाद उत्पन्न भएर गाेली चलेकाे थियाे । सशस्त्र प्रहरीले चलाएकाे गाेली लागेर प्रतापपुर गाउँपालिका–६ का २२ वर्षे अविनाश रायको जेठ ५ गते बुधवार मृत्यु भएको थियो ।

    

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित