उत्तमकुमार थापा/ बझाङ
बझाङ जिल्ला खेलकुद विकास समिति अध्यक्ष पदमा आज बसेको प्रदेश अस्थायी राजधानी धनगढीमा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी को अध्यक्षता मा सुदुरपश्चिम प्रदेश खेलकुद परिषद को बैठकले खप्तड छान्ना गाउपालिका – ७ गडरायका पुष्पलाल रोकाया “ज्वाला गुरु” लाई नियुक्ति दिइएकोछ ।
क्योकुशिन करातेका अन्तर्राष्ट्रिय पाँचौ डन उपाधि प्राप्त पुष्पलाल रोकाया “ज्वाला गुरु” नेपाल क्योकुशिन कराते संघ-KWF Nepal का अध्यक्ष र चिपकोच पनि हुन ।
उहा चर्चित करातेका आकर्षक खतरनाक कला प्रदर्शक हुन जहा :- बल्दै गरेको आगोको मुस्लो मा टाउकोले टाइल फोर्ने , टाउकोमा इट्टा राखी घनले फोर्ने , पेटमा 2 कुइन्टल ढुङा राखि घनले फोर्ने , फेटमा बाइक कुदाउने लगायतका प्रदर्शन कार्य गर्दै आउनु भएको यथार्थ देखिन्छ ।

पुष्पलाल ज्वाला गुरु मार्शल आर्ट फुल कन्ट्याक्ट करातेका राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडी हुन साथै राष्ट्रका लागि फुल कन्ट्याक्ट करातेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडल लिष्ट खेलाडी उत्पादन गर्न सफल ब्यक्तित्वका रुपमा स्थापित छ्न । बिभिन्न खेलको ज्ञान र खेल्ने कला सङै नेतृत्व सिप भएका बहु प्रतिभाशाली खेलाडी ज्वाला गुरु
किसोरा अबस्था मा स्थानीय स्तरमा भलिबल, कृकेट , चेस जस्ता खेलका आयोजना गर्नुहुन्थ्यो भने पछिल्लो समयमा बझाङ जिल्लामा करातेका ३ पटक जिल्ला स्तर, १ पटक क्षेत्रीय र १ पटक अन्तर्राष्ट्रिय प्रतियोगिता को आयोजना सफलता का साथ सम्पन्न गरे भने खेलकुद बिकासका लागि जिल्लामा खेलकुद अभियान , बिभिन्न स्थानमा आकर्षक कला प्रदर्शन र सेमिनारकाे समेत आयोजना गर्नु भएको थियो ।
अध्यक्षमा नियुक्त भएका राेकाया बझाङ जिल्ला नेकपा (एमाले) का निडर युवा नेता उदाउदै गरेका चर्चित बैचारिक कुशल संगठक, खेलाडी र विद्यार्थी का ढुकढुकी पृय नेता का रुपमा पनि चिरपरिचित छन । पुष्पलाल रोकाया “ज्वाला गुरु” खेलकुदको जिल्ला अध्यक्ष मा नियुक्ति हुदा जिल्ला का युवा खेलाडीहरुमा खुशियाली छायको छ ।उहा अध्यक्ष मा नियुक्ति हुदा जिल्लाको खेलकुदमा परिवर्तन आउने सङै खेलकुद गतिबिधी र खेलकुद संरचना मा पनि बिकास हुनेमा युवा खेलाडीहरुको आशा पलायको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

