Rashtriya Dainik

काङ्ग्रेस नेता कण्डेलको बिशेष सहयोगमा आइसोलेसन सेन्टर र अस्पतालमा स्वास्थ्य सामाग्रीहरु वितरण

विकास घिमिरे / नवलपरासी , ७ जेठ

नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य एवम प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कंडेलको पहलमा जिल्लामा रहेका बिभिन्न आइसोलेसन सेन्टर र अस्पतालमाहरुमा कोरोना संक्रमित उपचारमा अग्रपगंतिमा खटिएका स्वास्थ्यकर्मीहरूलाई पिपिई र अन्य स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको छ।


सांसद देवेन्द्रराज कंडेलको पहलमा,जिल्ला समन्वय समिती सभापति शिवशंकर रायको सिफारिसको आधारमा एवंम् नेपाली कांग्रेस क्षेत्रीय सचीव माधब प्रसाद पाण्डेको केयर नेपाल संस्था संगको समन्वयमा जिल्लामा रहेका बिभिन्न आइसोलेसन सेन्टर तथा अस्पतालमाहरुमा कोरोना संक्रमित उपचारमा अग्रपगंतिमा खटिएका स्वास्थ्यकर्मीहरूलाई पिपिई र अन्य स्वास्थ्य सामाग्रीहरु बिहिवार वितरण गरिएको हाे।


जस अन्तर्गत परासी स्थित पृथ्वीचन्द्र अस्पतालमा पनि १३ थान पिपिई सेट,फेस शिल्ड, र अन्य स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ।

साथै सुनवल नगरपालिकाद्वारा निर्माण गरिएको अस्थायी कोरोना आइसोलेसन सेन्टरमा १२ थान पिपिई, चौपत्ता अस्पतालमा ८ थान पिपिई, बर्दघाट स्थित चिसापानी अस्पतालमा ५ थान पिपिई तथा अन्य स्वास्थ्य सामग्री बितरण गरिएको हो ।

सो स्वास्थ्य सामाग्री केयर नेपाल संस्थाले सहयोग गरेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित