बिकास घिमिरे / नवलपरासी , ७ जेठ
पुर्व गृह राज्यमन्त्री एवं प्रतिनिधी सभा सदस्य मा.देवेन्द्र राज कण्डेलको बिशेष सहयोगमा ६० थान रिफिल्ड अक्सिजन सिलिन्डर परासी स्थित पृथ्वीचन्द्र अस्पताललाई हस्तान्तरण गरिएको छ।
एनआरएनए अफ़्रिकिन रिजन तथा
एनआरएनए Dr कङ्गोको आर्थिक सहयोग,लायन्स क्लब बुटवल स्टार तथा लियो क्लब अफ रामग्राम नवलपरासीको ब्यवस्थापनमा जिल्लामा करिब २०० थान अक्सिजन सिलिन्डर प्रदान गर्ने कार्यक्रम अनुरुप थप ६० थान रिफिल्ड अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ।
साथै हस्तान्तरण गरिएको ६० थान तिन दिनको अन्तरालमा प्रति दिन २० वटा गरि कुल ६० वटा रिफिल्ड अक्सिजन सिलिन्डर प्रदान गरिएको मा.देवेन्द्र राज कण्डेलको स्वकीय सचिव कमल किशोर रायमाझीले जानकारी गराउनु भएको छ।
लायन्स कल्ब बुटवल स्टारका अध्यक्ष एवं लायन्स 325B2 एरिया चिफ संयोजक सन्दिप कसौधन,रामग्राम नगरपालिका बोर्ड मेम्बर सुनिता श्रेष्ठ तथा लियो क्लब रामग्राम शाखा नवलपरासी अध्यक्ष बिकास घिमिरेको ब्यवस्थापनमा जिल्लामा अक्सिजन सिलिन्डर प्रदान गर्ने कार्यक्रम अनुरुप आज थप ४० वटा रिफिल्ड अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको हो।
कोभिडको दोस्रो लहर पश्चात् मा.देबेन्द्रराज कण्डेलको बिशेष सहयोगबाट पुर्व र पश्चिम नवलपरासी जिल्लामा क्रमश २५ र १५० गरि कुल १७५ वटा रिफिल्ड अक्सिजन सिलिन्डर उपलब्ध गराई सक्नु भएको छ।
एनआरएनए अफ्रिकाको तर्फबाट आर्थिक सहयोग समन्वय गरि रहनु भएका एनआरएनए अध्यक्ष अमृत क्षेत्रीले बिशेष आभार ब्यक्त गर्नु भएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

