उर्मिला यादव यात्री /७ जेठ
पश्चिम नवलपरासीमा बिहीबार ९५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पीसीआर परीक्षणबाट ८१ र एन्टिजेनबाट १४ जना गरी ९५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यो संगै जिल्लामा कुल संक्रमितको संख्या तीन हजार तीन सय ९५ पुगेको छ । बिहीबार सबै भन्दा बढी सुनवल नगरपालिकामा १९ जना महिला र १७ जना पुरुष गरी ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै गरी बर्दघाट नगरपालिकामा ३२ जना, रामग्राम नगरपालिकामा १३ जना, सरावल गाउपालिकामा ६ जना, प्रतापपुर गाउपालिकामा ४ जना र सुस्ता गाउपालिकामा ४ जनामा संक्रमण पुष्टि भएको छ भने पाल्हिनन्दन गाउपालिकामा बिहीबार कोरोना संक्रमितको संख्या शुन्य रहेको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । यस्तैगरी बिहीबार कोरोनाबाट ६३ जना निको भएका छन भने जिल्लामा कुल १हजार ८ सय ६५ जना कोरोना संक्रमित निको भएका छन । यस्तै गरी जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार चार सय २१ रहेको छ । बिहीबार कोरोना संक्रमणबाट जिल्लामा ६ जनाको ज्यान गएको छ । ज्यान जानेमा सुनवल नगरपालिका वडा नम्बर ७ की ४० बर्षिय महिलाको चितवल मेडिकल कलेजमा, बर्दघाट नगरपालिका वडा नम्बर १६ की ५२ बर्षिय महिलाको बुटवलको कोभिड अस्पतालमा, पाल्हिनन्दन गाउपालिका का ४५ बर्षिय पुरुषको भिम अस्पताल भैरहवामा , सुस्ता गाउपालिका वडा नम्बर २ का ६२ बर्षिय पुरुषको सहिद स्मृति अस्पताल बर्दघाटमा , प्रतापपुर गाउपालिका वडा नम्बर ९ का ४५ बर्षिय पुरुषको पृथ्वी चन्द्र अस्पताल परासीमा, बर्दघाट नगरपालिका वडा नम्बर ४ का ६० बर्षिय पुरुषको चिसापानी अस्पतालको आइसोलेसन सेन्टरमा मृत्यु भएको छ । यो संगै जिल्लामा मृत्यु हुनेको संख्या एक सय नौ पुगेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

