Rashtriya Dainik

पत्रकार सम्राट सिहँद्वारा अक्सिजन कन्स्ट्रक्सन खरिद गर्नलाई १० हजार सहयाेग

उत्तमकुमार थापा बझाङ

नेपाल पत्रकार महासँघ बझाङ शाखाका उपाध्यक्ष तथा रेडियो जनमुखी एफएमका प्रवन्धक निर्देशक सम्राट सिहले अार्थिक सहयाेग गर्नुभएको छ ।

जिल्लामा काेभिड १० काे प्रकाेपलाई राेकथाम गर्नकाे लागि युवाहरुले पहल चालेको हुदा पत्रकार सिहले अाज १० हजार सहयाेग गर्नुभएको हाे । पत्रकार सहिले विगत देखि जिल्लाकाे अवस्था लाई मध्यनजर गर्दै अाफुले सहयाेग गरेकाे बताए ।

महामारीकाे समयमा पछिल्लो समय अक्सिजन खरिदमा अभाव नहुन दिनकाे लागि र गरिव दुखिहरुले समयमा अक्सिजन यतै पाउनका लागि यस्तो कदम चाल्दै जिल्ला अस्पताल बझाङ लाई सहयाेग हुने भए पछि देश विदेश बाट पनि सहयाेग हुँदै अाएकाे युवा समाजसेवी रामचन्द्र राेकायाले बताए ।

केही समय अगाडि देखि सुरु गरेको अभियान निकै प्रभावकारी भएको राेकायाकाे भनाइ छ भने ,विदेश बाट अाफुले खाई नखाई सहयाेग गर्नुहुने दाजुभाइ दिदीबहिनी लाई पनि धन्यवाद दिनुभएको हाे । केही समय अगाडि नेकपा माअाेपादीका नेता नरेन्द्र खड्काले पनि अार्थिक सहयाेग गरेको र अझै सहयाेग गर्न चाहनेलाई सम्पर्क नम्बर :९८४८५८४२८८ मा फाेन गरेर अक्सिजन नपाएर मृत्यु हनबाट सबैलाई बचाउन अनुराेध गरिएकाे छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित