Rashtriya Dainik

कर्णालीमा विवेकशील साझाकाे ‘अमृत भाेजन अभियान’

विवेकशील साझा पार्टी, कर्णाली प्रदेश अभियान विभागको अगुवाइमा आज बिहिवारदेखि प्रदेश आयुर्वेद औषधालय बिरेन्द्रनगर स्थित कोभिड आइसाेलेशनमा रहेका बिरामी तथा कुरुवाका निम्ति ‘अमृत भोजन अभियान’ सुरु गरिएको कुरा प्रवक्ता अनिल ढकालले जानकारी गराउनु भयाे ।

आयुर्बेद परिसरमा कुनै क्यान्टिन नभएको र लकडाउनका कारण टाढा – टाढा बाट आउनुभएका बिरामी लगायत बिरामी कुरुवाहरुलाई खानाको समस्या रहेको जानकारी प्राप्त भएपछी, सामाजिक उत्तरदायित्व बहन गर्ने हेतुले विवेकशिल साझा पार्टी कर्णाली प्रदेशकाे टिम यस अभियानमा जुटेकाे हाे । भाईरसको कुनै औषधि नहुने, शरिरमा भएको भाईरस मार्ने काम शरिरको प्रतिरोधात्मक क्षमताले गर्ने हुनाले बिरामिको त्यो क्षमता अभिबृद्दी गर्न, बिरामीको अवस्था अनुसार डाक्टर र डाईटिसियनको सल्लाह बमोजिम स्वास्थ्यबर्धक खाना खुवाउने अभियानको उदेश्य बारे अभियान प्रमुख विनिता बाेगटीले स्पष्ट पार्दै खाना अर्गानिक तथा कर्णालीकै उत्पादन हुने कुरामा जाेड दिनु भयाे।

दैनिक ५० जना लाई ३ छाक भोजन गराउने उदेश्य सहित अहिले विवेकशील साझा कर्णाली प्रदेशकाे टिम जुटेकाे छ । आफैबाट श्रोत जुटाएर सुरु गरेको यो कार्य, साथ सहयोग रहेमा आयुर्बेद आइसोलेशनमा बिरामी रहने बेला सम्म निरन्तर संचालन गरिन जानकारी गराउँदै प्रदेश संयाेजक गेहेन्द्र दाहाल ज्युले देश बिदेशमा रहेका परोपकारी नेपाली मनहरुलाई यो महामारिको अवस्थामा कोरोन बिरुद्द लड्न  यस अभियानलाई सहयोग गरिदिनु पनि हार्दिक अनुरोध गर्नु भएकाे छ ।

यस अभियानमा खाध्यान्न वा नगद सहयोग गर्न चाहनुहुने महानुभावले तल दिइएकाे नम्वरमा सम्पर्क गर्न सक्नु हुनेछ।

प्रदेश पार्टी सह-सम्योजक- प्रेम के सि 9858060582

प्रदेश पार्टी प्रबक्ता-अनिल ढकाल 9851225399

अभियान विभाग प्रमुख- बिनिता बोगटी 9868931579

उध्यमशिल विभाग प्रमुख-राजेन्द्र बिस्ट 9858052924

 

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित