शहबाज खान/कपिलवस्तु
विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ कोरोना भाइरसले अहिलेको अवस्थामा नेपालमा पनि ठुलै प्रभाव देखाइ रहेको छ। नेपालका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा समेत जारी रहेको अवस्था छ।
कपिलवस्तु जिल्लाको अस्पतालहरुमापनि संक्रमितहरुको संख्या दिनदिनै बढ्दै गएकोले अस्पतालहरुमा बिरामीहरुलाई राख्नको लागि बेड समेतको अभाव भएको छ। यो महामारीबाट जनतालाई जोगाउनको लागि अग्रपन्तीमा खटेका स्वास्थ्यकर्मी , सुरक्षाकर्मी , सफाईकर्मी लगायतको जीवन रक्षाको लागि स्वास्थ्य क्षेत्रमा कार्य गर्दै आएको स्वास्थ्यको लागि सक्षम प्रणालि कार्यक्रमले USAID को सहयोगमा बुधबारका दिन कृष्णानगर नगरपालिकालाइ स्वास्थ्य समाग्री हस्तान्तरण गरेको छ।
स्वास्थ्यको लागि सक्षम कार्यक्रमले ५ लीटरको १८ थान सेनीटाइजर ,५ लीटरको १६ थान सोडियम हाइड्रोक्लोराइट, स्प्रे टैंक ९ थान,माक्स,ग्लप्स, गरि कृष्णनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख शंकर भट्टराईलाई हस्तान्तरण गरेको उक्त कार्यक्रमका प्राविधीक अधिकृत कमला चौलागाइले बताएका छन। यस विषम परिस्थितिमा स्वास्थ्यको लागि सक्षम कार्यक्रमले अत्यावश्यक स्वास्थ्य समाग्री उपलब्ध गराउदै अग्रपंन्तीमा खटेका स्वास्थ्यक्रमीहरुको लागि सराहनीय कार्य गरेकोमा स्वास्थ्य शाखा प्रमुख शंकर भट्टराईले धन्यावाद दिएका थिए।
यो बिषमप्रस्थिती बाट आफू र देशका समग्र जनतालाई बचाउनको लागि सुरक्षित घरमैं बसी अनावश्यक घरबाट बाहिर नजान अतिआवश्यक काम परेर मात्र घरबाट बाहिरा जान र जानै पर्यो भनेपनि उचित स्वास्थ्य मापदन्ड अपनाइ मात्रै घरबाट बाहिरा जानको लागि उक्त कार्यक्रमका प्राविधिक अधिकृत कमल चौलागाइ तथा स्वास्थ्य शाखा प्रमुख शंकर भट्टराईले सबै संग अनुरोध समेत गरेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

