Rashtriya Dainik

पश्चिम नवलपरासीमा ७७ संक्रमित थपिए, ५५ संक्रमण मुक्त,६ जना कोरोना संक्रमितको मृत्यु

पश्चिम नवलपरासीमा बुधबार थप ६ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय नाघेको छ ।

जिल्लामा हालसम्म संक्रमणबाट एक सय ३ जनाको मृत्यु भएको स्वासथ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । जिल्लाको सुनवल र रामग्राम नगरपालिकाका २/२ जना, प्रतापपुर र पाल्हिनन्दन गाउँपालिकाका १/१ जना संक्रमितको मृृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जसमध्ये सुनवल ३ का ८७ वर्षीय पुरुषको होमआईसोलेशनमा मृत्यु भएको छ भने सुनवलकै वडा नम्बर ५ की ७५ वर्षीय वृद्धाको आईसोलेशन सेन्टरमा मृत्यु भएको छ । सुनवलमा पछिल्लो पटक होम आईसोलेसनमै मृत्यु हुने क्रम बढेको छ ।

यस्तै रामग्राम नगरपालिका वडा नम्बर ६ का ५४ वर्षीय महिलाको भिम अस्पतालमा, वडा नम्बर ७ की ४७ वर्षीय महिलाको यनिभर्सल कलेज अफ मेडिकल साईन्सेज भैरहवामा मृत्यु भएको छ । प्रतापपुर गाँउपालिका ६ का ५२ वर्षीय पुरुष र पाल्हिनन्दन गाउँपालिका वडा नम्बर २ का २५ वर्षीय पुरुषको पृथ्वी चन्द्र अस्पताल परासीमा मृत्यु भएको छ । पृथ्वी चन्द्र अस्पतालमा दैनिक जसो संक्रमितको मृत्यु हुदै आएको छ ।

बुधबार मृत्यु भएका सबैमा श्वासप्रश्वासमा समस्या, अक्सिजनको कमि र निमोनिया देखिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन देविलाल पौडेलले जानकारी दिनुभयो ।

यसैविच जिल्लामा बुधबार थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३५ जना महिला र ४१ जना पुरुष रहेका छन् । पिसिआर परिक्षणबाट ५८ जना र एन्टिजेन परिक्षणबाट १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जसमध्ये सुवनल नगरपालिकाका २६ जना, बर्दघाट नगरपालिकाका २५ जना, सुस्ता गाँउपालिकाका ११ जना, रामग्राम नगरपालिका र प्रतापपुर गाँउपालिकाका ६/६ जना, सरावल गाँउपालिकाका ३ जना र पालिहनन्दन गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३ हजार ३ सय पुगेको छ । बुधबार नै जिल्लामा ५५ जना संक्रमित कोरोना मुक्त भएका छन् । भने जिल्लामा कोरोना मुक्त हुनेको संङ्ख्या १८ सय २ पुगेको छ । जिल्लामा १३ सय ९५ जना कोरोनाका सक्रिय संक्रमित छन् । पश्चिम नवलपरासीमा संक्रमणमा अझै कमि आउन सकेको छैन् भने दैनिक संक्रमणबाट ज्यान गुमाउनेको सङख्या पनि उस्तै छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित