Rashtriya Dainik

पाल्हिनन्दनमा मुठ्ठी दान कार्यक्रम सम्पन्न

महेश यादव / नवलपरासी / ५ जेष्ठ

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ र ५ मा किशोर किशोरीहरुले मुठ्ठी दान कार्यक्रम सम्पन्न गरेको छन ।

नयाँ भेेरियन्ट सहितको कोरोना बाट संक्रमित भएको र मृत्यु भएका गरिब बिपन्न परिवार लाई सहयोग गर्ने उदेश्यले मुठ्ठी दान कार्यक्रम सम्पन्न भएको छ ।

एविसि नेपाल ,स्ट्राेम फाउन्डेसन द्धारा पाल्हिनन्दनमा सञ्चालित एकता किशोर किशोरी सञ्जालकाे अायाेजना तथा स्थानीय बासिहरुकाे साथ सहयोगमा मुठ्ठी दान कार्यक्रम सम्पन्न गरिएकाे हाे ।

सञ्जालका अध्यक्ष हेमलता गुप्ताकाे सक्रियतामा नयाँ भेेरियन्ट सहितको कोरोना बाट संक्रमित भएका र मृत्यु भएको गरिब तथा बिपन्न परिवारलाई सहयोग गर्ने भनि मुठ्ठी दान कार्यक्रम गरेको बताएकी हुन ।

साे मुठ्ठी दान कार्यक्रम सञ्चालन गरेर जम्मा गरिएको रकम एवम् अन्न संकलन बाट दोस्रो चरणको नयाँ भेरियन्ट सहितको कोरोना भाईरसले गर्दा संक्रमित भएको र मृत्यु भएका त्यस्ता गरिब तथा बिपन्न परिवारहरुलाई सहयोग पुग्ने बताएका हुन । साथै नयाँ भेरियन्टले गर्दा गरिब तथा काेराेना संक्रमणले ज्यान गुमाएका केही गरिब र बिपन्न परिवारहरुलाई एक छाक टार्ने मद्दत गर्ने उदेश्यले याे मुठ्ठी दान कार्यक्रम सञ्चालन गरेको अध्यक्ष गुप्ताले बताएईन ।

साे मुठ्ठी दान कार्यक्रममा एविसि नेपालका सुपरभाइजर राजमन बरई , भाेलेन्टियर सुरेखा माेर्य र सञ्जालका किशोर किशोरीद तथा अाम जनसमुदायका बासिहरुकाे बिशेश भुमिका रहेको अध्यक्ष गुप्ताले बताएकी हुन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित