Rashtriya Dainik

केन्द्रिय सदस्य बालकृष्ण खाडको सहयोगमा स्वास्थ्य चौकीहरुमा स्वास्थ्य सामाग्री तथा औषधि वितरण

तुलसी राम पौडेल /फर्साटिकर, जेष्ठ ५
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं पुर्व रक्षामन्त्री माननीय बालकृष्ण खाडको सहयोगमा विभिन्न स्वास्थ्य चौकीहरुमा कोभिड नियन्त्रणको लागि स्वास्थ्य सामाग्री तथा औषधि वितरण गरिएको छ।
स्वास्थ्यकर्मीहरुले ढुक्कसित कोभिडको विरामिको उपचारमा खटिदा सुरक्षाको लागि पिपिसेट,मास्क ,पन्जा लगायतका सामाग्री वितरण गरिएको थियो।त्यसै गरी कोभिड १९ कारणले कठिनाइ सामना गरेका अति विपन्न घरपरिवारहरुको सहयोग लागि कोभिड नियन्त्रण सम्बन्धि प्राथमिक उपचार अन्तरगतका औषधिहरु पनि स्वास्थ्यचौकीहरुलाई हस्तान्तरण गरिएको छ।

नेपाली काङ्ग्रेस महासमिति सदस्य बिष्णु प्रसाद बस्यालको संयोजकत्वमा रुपन्देहीको खडवा वनगाइ स्वास्थ्यचौकी ,सेमलार स्वास्थ्यचौकी ,मोतिपुर स्वास्थ्यचौकी ,मोतिपुर प्राथमिक स्वास्थ्यकेन्द्र ,मानमटेरिया स्वास्थ्यचौकी ,पश्चिम् अमवा स्वास्थ्यचौकी ,हर्नैया स्वास्थ्यचौकी र मानपकडी स्वास्थ्यचौकीलाई स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
स्वास्थ्य सामाग्री एवं औषधि वितरण कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सदस्य शिवराम न्यौपाने ,बिश्वबहादुर बानिया ,क्षेत्र नम्बर ३ रुपन्देहीका सभापति कृष्ण बहादुर विस्ट ,क्षेत्र नम्बर ३ का सचिव उमाकान्त चापगाई ,नेपाली काङ्ग्रेस शुद्दोधनका उपसभापति दामोदर पौडेल ,समाजसेवी चण्डी प्रसाद बस्याल लगायतको सहभागिता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित