Rashtriya Dainik

पुर्व कृषि मन्त्री एवं माननीय घनश्याम भुसालबाट अमवा कोभिड अस्पताललाई २ थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध

तुलसी राम पौडेल /सियारी, जेष्ठ ५
रुपन्देहीको सियारी गाउपालीकाद्रारा वाड नम्बर ७ पश्चिम् अमवामा संचालन गरिएको अस्थायी कोभिड अस्पतालको लागि माननीय एवं पुर्व कृषि मन्त्री घनश्याम भुसालले २ थान अक्सिजन कन्सन्ट्रेटर ( अक्सिजन बनाउने मेसिन ) उपलब्ध गराउनु भएको छ।कोभिड आइसोलेसन सेन्टरमा आपतकालीन अवस्थामा प्रयोगमा ल्याउनको लागि उक्त उपकरण उपलब्ध गराइएको हो ।सियारी गाउपालीकाका अध्यक्ष अयोध्या प्रसाद थारु ,वाड नम्बर ७ का वडा अध्यक्ष सरोज अधिकारी ,अस्थायी कोभिड अस्पतालका स्वास्थ्यकर्मी लगायत संयुक्तलाई माननीय घनश्याम भुसाल संसदीय सम्पर्क कार्यालय भैरहवाका प्रतिनिधि मनोज रिजाल तथा किरण नेपालद्वारा २ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्नुभएको हो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित