जितेन्द्र गुप्ता /महेशपुर , ५ जेठ
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं २ अमानीगन्जमा गए राति नायक प्रसाद गुप्ताको गोठमा अागलागि हुदा ३ लाख बराबरको क्षति भएको छ।
गुप्ताको गोठमा बती बलिरहेको खण्डमा सो बिद्युतको तार सट हुँदा गोठमा राखिएको गेहुको भुसमा अागलागि हुदा दुईवटा गाई जलेर मरेका छन् भने एउटा गाई गम्भीर रूपमा घाइते भएका छन् ।

त्यस्तै गोठमा राखिएका पम्पसेट, मशिन, डिलेभरी पाइप, ५ टाली गेहुको भुस लगायत अन्य सामग्री जलेर नष्ट भएकाे गुप्ताले राष्ट्रिय दैनिकलाई बताएका छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

