Rashtriya Dainik

सांसद आशा बि.क ले पठाएका खालि सिलेन्डर भर्न फेरि नेपालगन्ज पठाउने तयारी

दोरेन्द्र खड्का बझाङ सांसद आशा विकले काठमाडौंबाट जिल्ला अस्पताल बझाङ पुर्‍याएका सिलिन्डर खाली भेटिएका छन् । अब फेरि सिलिन्डर भर्न गाडीबाट ढुवानी गरेर नेपालगन्ज पुर्‍याउने तयारी छ कोभिड महामारीले जिल्लामा अक्सिजन अभाव भइरहेका वेला सांसद विकले आफ्नो जिल्लामा सात सिलिन्डर पठाएकी थिइन् । तर, पर्याप्त समन्वय नभएकाले सिलिन्डर भर्दै नभरी जिल्ला पुर्‍याइएको हो ।

‘चीन सरकारले अनुदान दिएका चार सय सिलिन्डरहरूमध्ये दाङ जिल्लाकी सांसद गंगा चौधरी र मैले सात–सात थान खाली सिलिन्डर बुझेका हौँ । मैले जिल्ला अस्पतालका डाक्टर सन्दीप ओखेडासँग परामर्श गरी सिलिन्डर जिल्लामा पठाएकी हुँ,’ सांसद आशा विकले भनिन् ।

जिल्ला अस्पतालका डाक्टर सन्दीप ओखेडाले पनि सांसद विक र आफूबीच टेलिफोनमा संवाद भएपछि खाली सिलिन्डर भए पनि जिल्लामा पठाउन आग्रह गरेको बताएका छन् । उनले भने, ‘सिलिन्डर आएका छन् । अब एक–दुई दिनमै भर्नका लागि नेपालगन्ज पठाउने तयारी छ ।’ यसरी काठमाडौंबाट नेपालगन्ज हुँदै ४८ घन्टापछि बझाङ पुगेका सिलिन्डर फेरि एक दिनको बाटो गाडीमा ढुवानी गरेर नेपालगन्ज पठाउन थालिएको छ ।

जिल्ला अस्पताल बझाङमा पिसिआर र एन्टिजेनमार्फत कोरोना परीक्षण भइरहेकोमा करिब ३० प्रतिशतमा रिपोर्ट पजिटिभ आउने गरेको छ । जिल्लामा महामारी अझै फैलिन सक्ने र अक्सिजन अभाव हुन सक्ने स्वास्थ्य कार्यालय बझाङका सूचना अधिकारी नारायण जोशीले बताए । ‘जिल्लामा हालसम्म तीन हजार ३४ जनामा परीक्षण गर्दा एक हजार दुईजनाको रिपोर्ट पजिटिभ आएको छ । १५ जनाको ज्यान गएको छ । अहिले आठ सय ८४ जना सक्रिय संक्रमित छन्,

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित