Rashtriya Dainik

नवलपरासीमा गाेली चल्याे, एकजना गम्भीर घाइते

रन्जित शर्मा / नवलपरासी ०५ जेठ ।

पश्चिम नवलपरासीकाे दक्षिणी सिमामा सशस्त्र प्रहरीले चलाएकाे गाेली लागेर एक स्थानीय युवक गम्भिर घाइते भएका छन् ।

गाेली लागेर समाजसेवी बच्चा रायका छाेरा २२ वर्षे अविनाश राय घाइते भएकाे स्थानीयले बताएका छन् । घटना के कारणले भएकाे खुल्न सकेकेा छैन ।

घटना प्रतापपुर गाउंपालिका वडा नं. ६ कठहवामा जेठ ५ गते बुधवार विहान साढे नाै बजेकाे हाे । सीमातर्फ जांदै गरेका ३ जना नेपाली युवकलाइ लक्षित गरि प्रहरीले गाेली चलाएकाे प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रहरीले सीमामा गाेली चलाएकाे घटनाले स्थानीयमा त्रास बढेकाे छ । सीमावर्ती गाउं नेपाल भारत दुबैतर्फकाे अवस्था तनावपुर्ण बनेकाे छ ।

सशस्त्र प्रहरीलाइ घटनाबारे जानकारी लिन फाेन गर्दा नउठेकाे अवस्था छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित