Rashtriya Dainik

पश्चिम नवलपरासीमा ९८ जनामा कोरोना संक्रमण पुष्टी, ५५ जना निको भए

उर्मिला यादव यात्री/जेठ ४

पश्चिम नवलपरासीमा आज मंगलबार ९८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पीसीआर परीक्षणबाट ५५ र एन्टिजेनबाट ४३ जना गरी ९८ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यो संगै जिल्लामा कुल संक्रमितको संख्या तीन हजार, २ सय २३ पुगेको छ । आज सबै भन्दा बढी सुनवल नगरपालिकामा २६ जना महिला र २० जना पुरुष गरी ४६जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै गरी बर्दघाट नगरपालिकामा २५ जना, रामग्राम नगरपालिकामा २० जना, सरावल गाउपालिकामा ३ जना, प्रतापपुर गाउपालिकामा २ जना, र सुस्ता गाउपालिकामा २ जनामा संक्रमण पुष्टि भएको छ भने पाल्हिनन्दन गाउपालिकामा आज संक्रमितको संख्या शुन्य रहेको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

यस्तैगरी आज कोरोनाबाट ५५ जना निको भएका छन भने जिल्लामा कुल १हजार ७ सय ६३ जना कोरोना संक्रमित निको भएका छन । यस्तै गरी जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार तीन सय ६३ रहेको छ । आज कोरोना संक्रमणबाट रामग्राम नगरपालिका वडा नम्बर तीनकी ६५ बर्षिय एक महिलाको होमआइसोलेसनमा मृत्यु भएको छ । यो संगै जिल्लामा मृत्यु हुनेको संख्या ९७ पुगेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित