तुलसीराम पौडेल /फर्साटिकर, जेष्ठ ४
बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना सक्रमण नियन्त्रणको लागि सियारी गाउपालिकाले आयुर्वेद तथा एलोपेथिक स्वास्थ्य टोलि सहित घर दैलो अभियान कार्यक्रम शुरु गरेको छ।लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलबाट संचालित नागरिक आरोग्य सेवा केन्द्र सियारी -३ हर्नैया तथा एलोपेथिक चिकित्सा पद्धति दुवैको सहकार्यमा सियारी -७ पश्चिम् अमवा स्थित अस्थायी कोभिड अस्पतालबाट घरदैलो अभियान शुरु भएको छ।

सियारीवासीको स्वास्थ्य सेवा गाउपालिकाको महत्त्वपूर्ण जिम्मेवारी भएकोले स्वास्थ्य टोलि सहितको घरदैलो अभियान गाउपालिकाको सम्पूर्ण ठाउमा टोल टोलमा गरिने गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले बताउनु भयो। घर दैलो अभियान कार्यक्रम अन्तरगत कोरोना सक्रमितहरुलाई रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने किसिमका आयुर्वेद तथा एलोपेथिक औषधि वितरण गर्नुको साथै सक्रमितको स्वास्थ अवस्थाको वारेमा जानकारी लिदै कोरोना जित्नको लागि योगाभ्यास तथा प्राणायाम गर्नुपर्ने बारेमा प्रकाश पारिएको थियो ।
घरदैलो अभियानमा गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारु ,वडा अध्यक्षहरु ,आयुर्वेद तथा एलोपेथिक चिकित्सा पद्धतिका स्वास्थ्यकर्मीहरुको टिम सहभागी थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

