Rashtriya Dainik

बाराको पिपरपातीबाट सशस्त्र प्रहरीद्वारा ३० केजी लागु औषध बरामद

रंजित चौरसिया,बारा ०४ जेष्ठ। बारामा सशस्त्र प्रहरीले लागू औषध गाजा ३० के.जी. बरामद गरेको छ । पचरौता नगरपालिका वडा नंम्बर – १ मुसर बस्तीमा मंगलबार बिहानको समयमा गाँजा बरामद गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि. पिपरपातीबाट खटिएका सशस्त्र प्रहरी निरीक्षक कमल पन्थीको कमाण्डमा खटिएको पैदल गस्ती टोलीलाई देख्ना साथ नेपालबाट भारततर्फ लैजादै गरेको १० के.जी. को ३ पोका अबैध गाँजा बरामद गरीएको सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हे.क्वा. बाराका कार्यालय प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजीतले बताएका छन् ।
तयारी गाँजाको पोका बनाई बिहानको समयमा टाउकोमा बोकी लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखे पश्चात गाँजा सोही स्थानमा छाडी ब्यक्ति फरार भएको उनले बताए ।
खेतको बाटोबाट तस्करी भईरहेको सुचना प्राप्त भए पश्चात बि.ओ.पि.हरुमा पैदल गस्ती, साईकल तथा मोटर साईकलमा सिमा नाकाहरुमा निगरानी गर्न निर्देशन दिएको सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजीतले जानकारी गराएका छन् । सिमा नाकाहरुमा कोरोना भाईरसले बन्द रहेको अवस्थामा सिमा नाकामा हुने तस्करीलाई निस्तेज गरी निगरानी बढाएको उनले दाबी गरेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित