Rashtriya Dainik

अक्सिजन र खान दिएर ज्यान बचाउँदै युवा अभियान्ता शिव यादव

हाल कोरोना भाइरसको दोस्रो लहर चले संगै विश्व लगायत नेपालको अवस्था समेत नाजुक भएको छ। यसको रोकथाम तथा नियन्त्रणको लागी नेपाल लगायत भारत र अन्य मुलुकमा निशेधाज्ञा लगाएको जस्ले गर्दा देशको सम्पुर्ण अर्थ व्यवस्था बन्द छ ।

यस्तो बेलामा हुने खाने लत खान्छ तर दैनिक ज्याला मज्दुरी गर्नेहरूको लागि रोगभन्दा भोकले नै मर्ने अवस्था सृजना भएको छ । यी भोका पेटहरुको छाकटार्न तराईका केही युवाहरूलागि परेका छन । गत बर्षको लकडाउनमा पनि यी युवाहरू काठमाडौंमा भोखो पेटको सहारा बनेको थियो ।

अहिलेको निशेधाज्ञमा पनि यिनिहरुको सहाराले धेरैको भोक मिटाएको छन। निरन्तर भोका पेटलाई निशुल्क भोजन अभियान सन्चालन गर्दै आइरहेको छन।

सिरहा घर भै हाल काठमाडौंमा बस्दै आइरहेको YesTogether We Can को कोशा अध्यक्ष र सिरहा युवा संजालको सदस्य अहिले १०० ग्रुप निसुल्क भोजनमा आवद्ध भइ निसुल्क भोजन र अक्सिजन सेवा दिदै आई रहेको शिव यादवले बताएको छन ।

उहाँ अहिले १०० ग्रुप निसुल्क भोजनमा आवद्ध भइ युवाहरूलाई कोरोनाबाट लड्न प्रेरणा दिदै आइरहेको छन कोहि पनि खाना र अक्सिजनको अभावमा मृत्यु हुन नपरोस् भनेर हामी दिन रात नबुझी २४ अाैँ घन्टा सेवा दिदै आईरहेको जानकारी दिनु भएको छ ।

साथै तिनै तहको सरकारले युवा शतिलाई यश विपत्तिको बेला परिचालन गर्नुपर्ने र हाल कोरोना भाइरस ग्रामिण समुदाय सम्म फैलिएको र सोहीले गर्दै मुत्यु दर समेत वृद्धि भैइरहेकोले स्थानीय सरकारले स्थानीय युवाहरूलाई परिचालन गरेर यसको रोकथाममा विशेष ध्यान दिनुपर्ने हामी निसुल्क भोजन र अक्सिजन सेवा सबैको साथ सहयोगले निरन्तर दिदै आइरहेकाे र अब डराएर हैन बरु मान्सिक रुपमा तैयारी गरेर एक अर्कोको सहारा बनेर हामी यो विपत्तिको साम्ना गर्नु पर्ने युवा अभियानता शिव यादवले बताएको छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित