Rashtriya Dainik

सामाजिक दुरी कायम गरेर मोहम्मद डे मनाउन अकरम पठानको अपिल

कात्तिक १३, कपिलवस्तु

शुक्रवार धुमधामका साथ मनाइने मोहम्मद डे लाई सामाजिक दुरीका साथ सचेत रहेर मनाउन कृष्णनगर नगरपालिका वडा नं २ बस्ने तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ प्रवक्ता र हाल जसपाका युवा नेता अकरम पठानले अपिल गर्नुभएको छ ।
उहाँले मोहम्मद डे को अवसरमा सम्पूर्ण मा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै कोभिड १९ महामारीबाट सचेत रहेर आफुलाई सुरक्षित राख्दै सबै चाडपर्व मनाउन प्रदेश बासी संग अपिल गर्नुभयो ।
सरकारले तोकेको स्वास्थ्य मापदंड अनुसार नै सबैले सामाजिक दुरीका साथै स्वास्थ्यसम्बन्धि मापदण्डको पालना गरेर चाड पर्व मा
सहभागि हुन उहाँले आग्रह गर्नुभयो ।
कोभिड १९ का कारण यो वर्ष मनाइने सबै चाडपर्वहरु प्रभावित भएको जनाउँदै उहाँले सचेतना, सुरक्षा र सरसफाईबाट मात्रै कोरोनालाई पराजित गर्न सकिने बताउनुभयो ।
हालै सम्पन्न भएको दसैं लगायतका अन्य चाडपर्वमा देखिएको सदभाव र सामाजिक एकतालाई मोहम्मद डे मा पनि सबैले कायम राख्न प्रवक्ता पठानले अनुरोध गर्नुभयो ।
उहाँले केन्द्र र प्रदेश सरकारले विदा नदिएपनि स्थानीय सरकारले मोहम्मद डे लगायतका सबै धर्मावलम्बीका चाडपर्वहरुमा विदा दिनुपर्ने कुरामा जोड दिंदै कृष्णनगर नगरपालिकालाई शुक्रवार विदा घोषणा गर्न माग गर्नुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित