बिनोद निगम / नवलपरासी , ४ असोज
पश्चिम नवलपरासीमा भारतबाट भन्सार छली गरी नेपाल भित्र्याउँदै गरिएको २७४ पिस ओल्ड मङ्क रमसहित भारतीय नम्बरको कार प्रहरीले नियन्त्रणमा लिएको छ।
पाल्हीनन्दन गाउँपालिका–१ स्थित महेशपुरमा आइतबार बिहान करिब ८ बजे भारतबाट भन्सार छली गरी यूपी ३२ यूटी ५६८९ नम्बरको कारमा मदिरा ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको चेकिङ टोलीले कार नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार कारभित्रबाट २७४ पिस ओल्ड मङ्क रम बरामद भएको छ। बरामद मदिराको अन्दाजी मूल्य ५ लाख ४८ हजार रुपैयाँ रहेको छ।
त्यस्तै, मदिरा ओसारपसारमा प्रयोग भएको कारको अन्दाजी मूल्य ३५ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ। मदिरा र कारसहित बरामद सामग्रीको कुल अन्दाजी मूल्य ४० लाख ४८ हजार रुपैयाँ रहेको छ।
मदिरा ओसारपसारमा संलग्न रहेको आशंकामा दुई जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय महेशपुरले भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ
बरामद मदिरा, कार तथा नियन्त्रणमा लिइएका व्यक्तिलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मदन थापाले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको मदिरासहित कार र दुई जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए।
प्रहरीले सीमा क्षेत्रमा हुने भन्सार छली तथा अवैध ओसारपसार नियन्त्रणका लागि नियमित चेकजाँच तथा निगरानीलाई निरन्तरता दिइरहेको जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

