Rashtriya Dainik

पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संङ्ख्या घट्दै

उमेश बि.क/नवलपरासी ,३ जेठ
पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संङ्ख्या घट्दै गइरहेको छ ।

दैनिक कोरोना संक्रमितको मृत्यु हुँदै आएकोमा सोमबार पनि थप एक जना संक्रमितको मृत्यु भएको छ ।

जिल्लाको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ का ६० वर्षीय पुरुषको पृथ्वी चन्द्र अस्पताल परासीमा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन देवीलाल पौडेलले रेडियो परासीलाई जानकारी दिनुभयो । सोमबार थपिएका मृतकसँगै जिल्लामा कोरोनाका कारण ज्यान गुमाउनेको संङ्ख्या ९६ पुगेको छ ।

यसैविच पश्चिम नवलपरासीमा सोमबार कोरोना संक्रमितको सङख्यामा केहि कमी आएको छ । सोमबार थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको तथ्याङ्क छ । जसमध्ये पुरुष २१ र महिला १४ जना छन् । पिसिआर परिक्षणबाट २० जना र एन्टिजिन परिक्षणबाट १५ जनामा संक्रमण भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै सुनवल नगरपालिकामा ८ जना, बर्दघाट र रामग्राम नगरपालिकामा ७/७ जना, सरावल गाउँपालिकामा ६ जना, पाल्हीनन्दन र प्रतापपुर गाउँपालिकामा १÷१ जना र सुस्ता गाउँपालिकामा ५ जना संक्रमित थपिएका छन् । सोमबार थप भएका संक्रमितसँगै जिल्लामा कोरोना पुष्टि हुनेको संङ्ख्या ३ हजार २५ पुगेको छ । यस्तै सोमबार पश्चिम नवलपरासीमा २४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

अब जिल्लामा १३ सय २१ जना संक्रिय कोरोना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । भित्र भित्रै संक्रमण फैलिरहेको भएपनि अधिकांशले समयमै परिक्षण नगराउदा जोखिम बढेको छ । संक्रमितको सङख्यामा केहि कमि आएपछि समुदायस्तरमा परिक्षण गर्ने हो भने ह्वात्तै बढ्न सक्ने स्वास्थ्यकर्मिहरुको भनाई छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित