Rashtriya Dainik

कपिलवस्तुको कृष्णनगरमा कडा बन्यो लकडाउन

रवि प्रकाश कसौधन / कृष्णनगर, कपिलवस्तु ,३ जेष्ठ

कपिलवस्तु जिल्ला प्रशासन कार्यालय ले जारी गरेको निषेधाज्ञा कृष्णनगरमा निकै सशक्त बनेको छ । नेपाल सरकार, गृह मन्त्रालयकाे निर्देशनमा सवारीसाधन र यात्रुलाई आवागमनमा निकै निगरानी गरिएको छ ।

निगरानी गर्न इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक शुकदेव पौडेल सहितको टाेलीले आफै सडकमा खटी ड्युटी गरेका छन ।कृष्णनगर क्षेत्रमा निषेधाज्ञा झनै कडा बन्दै गएको भन्न सकिन्छ । एम्बुलेन्स सववाहन, दैनिक अत्यावश्यक खाद्य प्रयोजन ढुवानीका मालबाहक गाडीहरु , बिरामी लगायतलाई मात्रै आवागमन गर्न र अनआवश्यक रूपमा चलेका बिहान १०:०० बजेको समयमा देखी ११:४० बजे सम्म जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं. २ स्थित लालकोठी स्थितीमा निषेधाज्ञा उल्ङघन गरि हिड्ने निम्न सवारी साधनहरुलाई होल्ड गरिएको मो.सा.२३ , जिप ४ थान , कार -१ ,स्कार्पियो – १ ,बस-१ नियंत्रणमा लिएर नियमानुसार कार्यवाही गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शुकदेव पौडेलले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित