Rashtriya Dainik

कोरोना संक्रमितहरुको दैलोमै पुगेर बाडियो आयुर्वेद औषधी

संजय कुशवाहा / नवलपरासी , ३ जेठ ।

 विगतको केही बर्ष देखी हजारौं मानिसहरु आयुर्वेद औषधी तर्फ आकर्षित हुदै गएको देखिन्छ ।

बिरामीहरुको चाप दिनहुँ बढदै जादा ठुला – ठुला अस्पतालहरुमा धाउने प्रचलन रहेता पनि केही मानिसहरुले आयुर्वेद औषधी निकै प्रभावकारी रहेको बताऊछन् । यसै गरि पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न.६ गुठी परसौनीमा रहेको आयुर्वेद औषधालयले निकै प्रभावकारी हुदै गएको साथै उक्त औषधालयमा दिनहुँ बिरामीहरुको चासो पनि बढदै गएको छ ।

प्रतापपुर गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढन थाले पछि अायुर्बेद अौषधालयले सो गाँउपालिका अन्तर्गत पर्ने वडा न. १ देखि वडा न.९ सम्मका प्रतेक वडामा कोरोना संक्रमित हुने नागरिकहरूलाई घर – घरमा पुगेर गिलोय चुर्ण , अमृत क्वाथ चिया , जेठीमधु चूर्ण र च्वनप्रास वितरण गर्ने योजना बनाएको छ ।

सो गाउँपालिकामा भेटिएका कोरोना संक्रमितहरूको घर – घरमा पुगी अायुर्बेद अौषधालयले संक्रमितलाई तन्दुरुस्त रहन तथा शारीरिको रोग प्रतिरोधक शक्ति बढाउने उदेश्यका साथ वितरण गरिएकाे अायुर्बेद शाखाका प्रमुख दिनबन्धुु मिश्राले बताए ।
गुठी परसौनी अायुर्बेद अौषधालयले निशुल्क रुपमा विभिन्न राेगकाे अायुर्बेद अाैषधि समेत लामाे समय देखि गर्दै अाएकाे छ ।
विभिन्न समयमा याेगा, नि:शुल्क स्वास्थ शिविर तथा जनचेतनामुलक कार्यक्रम समेत सन्चालन गर्दै अाएकाे अायुर्बेद अौषधालयले जनाएकाे छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित