Rashtriya Dainik

पश्चिम नवलपरासीमा आइतबार तीन संक्रमितको मृत्यु, थप ७१ जनामा कोरोना संक्रमण पुष्टी

उमेश बि.क/जेठ ३

कोरोना संक्रमणबाट पश्चिम नवलपरासीमा आइतबार तीन जनाको मृत्यु भएको छ ।

पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा एक जना, एक जना पुरुषको होमआइसोलेसन र कोभिड अस्पताल बुटवलमा एक जना पुरुषको मृत्यु भएको हो । मृत्यु भएका मध्ये रामग्राम नगरपालिका वडा नम्बर १० का ५८ बर्षिय षुरुष, सुनवल नगरपालिका वडा नम्बर नौ का ४५ वर्षीय पुरुष, र सुनवल नगरपालिका वडा नम्बर १२ का ४८ बर्षिय एक जना पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

यससँगै पश्चिम नवलपरासीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ । यस्तै गरी नवलपरासीमा आइतबार ७१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पीसीआर परीक्षणबाट ५८ र एन्टिजेनबाट १३ जना गरी ७१ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । सबै भन्दा बढी
सुस्ता गाउपालिकामा १२ जना महिला र १६ जना पुरुष गरी २८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गरी सुनवल नगरपालिकामा १७ जना, बर्दघाट नगरपालिकामा १६ जना,रामग्राम नगरपालिकामा २ जना, सरावल गाउपालिकामा ५ जना, प्रतापपुर गाउपालिकामा २ जना, र पाल्हिनन्दन गाउपालिकामा एक जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

यस्तैगरी आइतबार कोरोनाबाट १९ जना निको भएका छन भने जिल्लामा कुल १६ सय ८४जना कोरोना संक्रमित निको भएका छन । यस्तै गरी जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार तीन सय ११ रहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित