Rashtriya Dainik

केपी ओलीले ‘त्यो पर्दैन’ भनेको शपथविरुद्ध सर्वाेच्चमा मुद्दा, अब के होला ?

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथमा सार्वजनिक बद्नाम हुने गरी ‘त्यो पर्दैन’ भनेपछि भइरहेको आलोचनाबीच सर्वोच्च अदालतमा मुद्दा पेश भएको छ ।

शपथमा त्यो पर्दैन भनेपछि कानून विपरीत भएको भन्दै अधिवक्ता चन्द्रकान्त ज्ञवाली र सन्तोष भण्डारीले सर्वाेच्चमा २ वटा छुट्टाछुट्टै रिटमा पेश गरेका छन् । रिटमा शपथ बदर गर्न मागदाबी गरिएको छ । तर रिटहरू दर्ता भइसकेका छैनन् ।

सर्वोच्चको रिट महाशाखाका अनुसार भण्डारीको रिटमा पुर्‍याउनुपर्ने रित पूरा नभएको र ज्ञवालीको रिट अध्ययनकै क्रममा रहेका कारण आईतबार दर्ता गर्न सकिएन । 

प्रधानमन्त्री ओलीले शुक्रवार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दा २ वटा महत्त्वपूर्ण अंश छुटाएपछि आलोचना भइरहेको छ । ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति विद्या भण्डारीले शपथ गराउँदा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने अंश छुटाएर ‘त्यो पर्दैन’ भन्ने जवाफ दिएका थिए । ओलीले शपथमा प्रयोग भएको ‘ईश्वर’ शब्द पनि उच्चारण गरेका थिएनन् ।

यसअघि हिन्दी भाषामा शपथ लिएका उपराष्ट्रपति परमानन्द झाले दोस्रोपटक शपथ लिनुपरेको छ । कतिपयले ओलीले समेत प्रक्रिया पुर्‍याएर दोस्रोपटक शपथ लिनुपर्ने आवाज उठाइरहेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित