Rashtriya Dainik

समाजसेवी एवं मिनाबजार व्यवस्थापन समितिका सस्थापक अध्यक्ष मंगल साह कानुको ९६ बर्षको उमेरमा मृत्यु

बिरगंज , जेष्ठ ०२ गते आइतबार ।

बिरगंजका समाजसेबि एवं मिनाबजार व्यवस्थापन समितिका सस्थापक अध्यक्ष मंगल साह कानुको मृत्यु भएको छ ।
बिरगंज मिना बजारका सबभन्दा पुराना ब्यापारी तथा समाज सेवी मंगल साह कानु ९६ वर्ष को उमेरमा आज मृत्यु भएको छ। धेरै दिन देखि वहाँको अवस्था एकदम जटिल रहेको उहाँको नाति राहुल गुप्ताले जानकारी गराउनु भएको छ।

मंगल साह कानु बिरगंज मिना बजार ब्यवस्थापन समितिमा २०५८ साल देखि २०७८ साल सम्म मिना बजारमा आफ्नो अतुल्य योगदान गरिरहेका थिए। उहाँ मिना बजारको ब्यवस्थापन समितिको पुर्ब अध्यक्ष रहि आफ्ना सेवा र योगदानको सधै स्मरण रहने उहाँका छोरा नन्दु साह ले दुखीत हुँदै बताउनु भयो।

उहाँ विभिन्न संघ सस्थामा आवद्ध रहि सम्मानित पनि हुनु भएका थिए।गाउँ घरमा पनि उहाँ ले दुख शुखमा सबै लाई सहयोग गर्दै आएका थिए। कानु समाजका अग्रज रहेका वहाँ उनको मृत्युले कानु समाजले पनि गहिरो दुख ब्य्क्त गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित