Rashtriya Dainik

सांसद कण्डेलकाे पहलमा ५० थान अक्सिजन सिलिन्डर हस्तान्तरण

उमेश बि.क / नवलपरासी ,२ जेठ

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एव प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कण्डेलले ५० थान अक्सिजन हस्तान्त्रण गरेका छन् । 

नयाँ भेरियन्ट सहितको कोभिड–१९ को बढदो संक्रमणले जिल्लाबासीहरु संक्रमित भई अक्सिजनको अभावमा मृत्यु हुने गरेको छ त्यस मृत्युदरलाई रोक्न र जिल्लामा अक्सिजनको पुर्ति गर्ने उद्देश्यले नेता कण्डेलले व्यक्तिगत रुपमा पहल गरि ५० थान अक्सिजन सिलिण्डरको हस्तान्तरण गरेका हुन ।

कोरोना संक्रमणको दोस्रो लहर तिब्र रुपमा बढे संगै उपचारमा अत्यावश्यक रहेको अक्सिजनको चरम अभाव भैरहेको अवस्थामा नवलपरासी पश्चिम क्ष्रेत्र नम्बर १ को प्रमुख अस्पतालकाे रुपमा रहेको चिसापानी अस्पताल तथा सहिद स्मृती सामुदायिक अस्पतालमा अक्सिजनको अभाव न्यूनीकरणका लागि चिसापानी अस्पतालमा १५ थान-अस्पताल अध्यक्ष एवं बर्दघाट नगरप्रमुख धिरज बश्याललाई बर्दघाट काङ्ग्रेस नगर सभापति शम्भुलाल श्रेष्ठ मार्फत हस्तान्तरण गरिएको हाे ।

त्यस्तै सहिद स्मृती सामुदायिक अस्पतालमा १० थान-ब्यवस्थापक टिकाराम लुइटेललाई हस्तान्तरण गरिएको हाे । त्यस्तै बिपद ब्यवस्थापन समिति नवलपुरलाई कोभिड अनुगम समिति नवलपुर अध्यक्ष सुरज गुरुङ मार्फत २५ थान गरि ५० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरिकाे कण्डेलका स्वकीय सचिव कमलकिशाेर रायमाझीले राष्ट्रिय दैनिकलाई जानकारी गराउनु भएको हाे ।

अक्सिजन सिलिन्डर नेता कण्डेलकाे पलहमा चौधरी ग्रुपकाे सहयोगमा हस्तान्तरण गरिएको हाे।

यसबाट तत्काल नवलपरासी र नवलपुरकाे सम्बन्धित ठाउँमा अक्सिजनको अभाव हटने र विरामीहरुलाई निकै राहत हुने विश्वास गरिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित