पश्चिम नवलपरासीको बर्दघाटमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।
मृत्यु पछि गरिएको कोरोना जाँचमा संक्रमण पुष्टि भएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।
बर्दघाट नगरपालिका कार्यालय नजिकै एउटा घरको गेट अगाडी शनिबार बिहान त्यी व्यक्ति मृत अवस्थामा भेटिएका थिए ।
मृतक बर्दघाट नगरपालिका वडा नम्बर ४ मा बस्दै आएको र उनको स्थाई घर पूर्वी नवलपरासी रहेको बुझिएको छ । उनको शनिबारनैजंगलमा लगि अन्त्येष्टि गरिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

