Rashtriya Dainik

कालाबजारी गर्ने एम्बुलेन्स चालक र एम्बुलेन्स नियन्त्रणमा

पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका वडा नं. १५ स्थित नेशनल मेडिकल कलेजको प्राङ्गणबाहिर सडकबाट कालाबजारी गर्ने एम्बुलेन्स चालक र एम्बुलेन्स नियन्त्रण लिईएको छ।

पर्सा जिल्लामा सञ्चालनमा रहेका कतिपय एम्बुलेन्स चालकहरूले कोभिड-१९ सङ्क्रमणको विषम परिस्थितिको फाइदा उठाउने मनसायले सङ्क्रमित व्यक्ति तथा उक्त सङ्क्रमणको कारण मृत्यु भएका व्यक्तिका आफन्तहरूबाट मनोमानी भाडा असुल गरिरहेको पाइकाे छ ।

एम्बुलेन्स चालकहरूले सेवाग्राहीसँग तोकिएको दर भन्दा बढी भाडा असुली गरेको ना.२.च.३२५६ र ना.३ च. ८१९९ नं. का २ वटा एम्बुलेन्ससहित नेशनल मेडिकल कलेजको प्राङ्गणबाहिर सडकबाट एम्बुलेन्स चालक जि.पर्सा बहुदरमाई न.पा.वडा नं.९ मा बस्ने पैंतीस वर्षीय कमरुदिन रायभर र जि.पर्सा विन्दवासिनी गा.पा.वडा नं.१ मा बस्ने बाइस वर्षिय बीरबल मुखिया नियन्त्रणमा लिई कालाबजारी गरेको अभियोगमा अनुसन्धान भइरहेको छ ।

साथै पर्सा जिल्लाभित्र कुनै पनि व्यावसाय वा सेवा प्रदायकले सेवाग्राहीहरूलाई कुनै सामान वा सेवा प्रदान गरेबापत तोकिएको दरभन्दा बढी मूल्य लिएमा जिल्ला प्रहरी कार्यालय पर्सामा तत्काल सूचना दिई कालाबजारी नियन्त्रण गर्ने कार्यमा सहयोग गर्न जिल्ला प्रहरी कार्यालयले सबैमा अनुरोध समेट गरेकाे छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित