Rashtriya Dainik

बाल यौन दुर्व्यहारकाे अाराेपमा चौरसिया पक्राउ

पर्सा जिल्लाको बीरगञ्ज म.न.पा.वडा नं. २० हरपतगंज बस्ने बर्ष २२ को सरोज चौरसिया बाल दुर्व्यवहार गरेको जाहेरीमा पक्राउ परेका छन् ।

बैशाख ३१ गते करिब १३:३० बजे सरोज चौरसियाले ९ बर्षीय बालिकालाई खेल्दै गरेको अवस्थामा धान दिन्छु भनी प्रलोभन देखाई आफ्नै घरमा बोलाई भर्‍याङमुनि एकान्त स्थानमा लगी करणी गर्ने आशयले पछाडिबाट समाती निजको संवेदनशील अंगहरूमा हात पुर्‍याई यौन दुर्व्यवहार गर्ने प्रयास गरेका हुन ।

बालिकाले प्रतिकार गरी उनिबाट फुत्की अभिभावकलाई जानकारी गराएपश्चात् पीडितको बुवाले आज जिल्ला प्रहरी कार्यालयमा कानूनबमोजिम कारबाही गरिपाऊँ भनी जाहेरी दिएको हुँदा हुन ।

जाहेरी पछि चौरसियालाई उनकै घरबाट पक्राउ गरी बाल यौन दुर्व्यहार सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी गराएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित