Rashtriya Dainik

मेयर गुप्ता सहित सुरक्षाकर्मीका प्रमुखको टोलीद्धारा निषेधाज्ञाको अनुगमन

नवलपरासी, १ जेठ ÷ पश्चिम नवलपरासीको सदरमुकाम परासी क्षेत्रमा लगाईएको निषेधाज्ञालाई थप प्रभावकारी बनाउन नगरप्रमुख नरेन्द्र कुमार गुप्ता सहित सुरक्षाकर्मीका प्रमुखको संयुक्त टोलीले आज अनुगमन गरेको छ ।

रामग्राम नगरपालीका प्रमुख गुप्ता, प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्र , प्रहरी उपरिक्षक अजय केसी , लगायतको टोली नगरका विभिन्न क्षेत्रमा पुगेर निषेधाज्ञाको अवस्था बारे अनुगमन गरेको हो ।

कोभिड १९ को संक्रमणदर बढ्दै गएको अवस्थामा नगरबासीको स्वास्थ्य स्थितीलाई मध्यनगर गर्दै निषेधाज्ञालाई थप प्रभावकारी बनाउन अनुगमन थालिएको नगर प्रमुख गुप्ताले जानकारी दिनुभयो । टोलीले अनुगमनको क्रममा विभिन्न बाहाना बनाएर विना काम हिड्डुल गर्ने व्यक्तीलाई सम्झाई बुझाई पुन घर फकाईएको थियो ।

निषेधाज्ञालाई पुर्ण रुपमा पालना गराउन नगरका चोक चोकमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित