Rashtriya Dainik

मुस्ताङमा ५.३ म्याग्निच्युडको भूकम्प, काठमाडौंसम्म धक्का

काठमाडौं,२४ भदौ । मुस्ताङको लोमान्थाङलाई केन्द्रबिन्दु बनाएर मंगलबार राति ५.३ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार राति ९ः५३ बजे लोमान्थाङ आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।

भूकम्पको धक्का मुस्ताङसहित गण्डकी प्रदेशका विभिन्न जिल्ला हुँदै काठमाडौंसम्म महसुस गरिएको बताइएको छ। रातिको समयमा भूकम्पको धक्का महसुस भएपछि स्थानीयवासीमा केही समय त्राससमेत फैलिएको थियो।

हालसम्म भूकम्पबाट मानवीय क्षति वा ठूलो भौतिक क्षति भएको विवरण प्राप्त भएको छैन। सम्भावित क्षतिको विवरण संकलनका लागि स्थानीय प्रशासन तथा सम्बन्धित निकायले आवश्यक जानकारी जुटाइरहेका छन्।

भूकम्पपछि थप परकम्प आउन सक्ने सम्भावना रहेकाले सम्बन्धित निकायले सर्वसाधारणलाई सतर्क रहन र आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित