Rashtriya Dainik

सियारीमा ५०% अनुदानमा धानको बिउ वितरण

तुलसी राम पौडेल /सियारि,बैशाख ३१

रुपन्देहीको सियारी गाउपालिकामा कृषकहरुलाई राहत प्रदान गर्ने उद्देश्यले ५०% अनुदानमा धानको बिउ वितरण गरेको छ।गाउपालिकाले गाउपालिका अन्तरगतका विभिन्न सहकारी मार्फत बैशाख ३० गतेदेखि धानको बिउ वितरण शुरु गरेको छ।

अनुदानको धानको विउ वितरण कार्यक्रम अन्तर्गत मसिना धानलाई ६५ रुपैयाँ प्रतिकिलो ,मोटा धानलाई ६२ रुपैया प्रतिकिलो मुल्यमा ५० % अनुदान दिइएको सियारी गाउपालीका कृषि अधिकृत निरहु प्रसाद चौधरीले बताउनु भयो।

सियारि गाउपालिकाले अनुदानमा विउ वितरणको लागि २१ लाख छुट्टाइएकोमा ढुवानी ,लोड अनलोड ,सहकारीलाई प्रतिकिलो १ रुपैया सेवा शुल्क लगायत खर्च कटाएर १९ लाख बराबरको धान अनुदान वितरण गर्न थालिएको कृषि अधिकृत निरहु प्रसाद चौधरीले बताउनु भयो ।

गाउपालिकाले अनुदान वितरण गर्नको लागि वाड नम्बर १ को लागि पराम्गत कृषि सहकारी सस्था ,वाड नम्बर २ र ३ को लागि साधु बहुउद्देश्यीय कृषि सहकारी सस्था ,वाड नम्बर ४ को लागि हाम्रो कृषि सहकारी सस्था, वाड नम्बर ५,६ र ७ को लागि ज्ञान विज्ञान कृषि सहकारी सस्थालाई जिम्मेवारी दिइएको छ।अनुदान धान बिउ वितरण कार्यक्रम अन्तरगत कृषकको माग अनुसार सावा राधा ४ ,राम ,बहुगुणि ,चैते ५ लगायतका धानको बिउ वितरण गरिएको कृषि शाखाले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित