नवलपरासी : नवलपरासीमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार सुनवल नगरपालिका वडा नं. १ का ४५ वर्षीय पुरुषको पृथ्वीचन्द्र अस्पताल परासीमा मृत्यु भएको हो । साथै वडा नं. १३ कै ८४ वर्षीया वृद्धाको होम आइसोलेशनमा मृत्यु भएको छ ।

यसैगरी बर्दघाट नगरपालिका वडा नं. १४ का ४४ वर्षीय पुरुषको कोभिड अस्पताल बुटवलमा मृत्यु भएको छ भने वडा नं. १४ कै ७० वर्षीय वृद्धको भरतपुर अस्पताल लैजादै गर्दा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८६ पुगेको छ ।
त्यसैगरी पीसीआर परीक्षणबाट ७१ र एन्टिजिनबाट ३९ जना गरी ११० जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
रामग्राम नगरपालिकामा २० जना सुनवल नगरपालिकामा २६ जना, बर्दघाट
नगरपालिकामा ९ जना, सरावल गाउँपालिकामा ३ जना, प्रतापपुर गाउँपालिकामा ९ र पाल्हिनन्दन गाउँपालिकामा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ११ सय ९९ रहेको छ भने १६ सय १८ जना कोरोना संक्रमित निको भएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

