उमेश बि.क / नवलपरासी, ३० वैशाख
पश्चिम नवलपरासीमा कोरोना भाइरसको संक्रमणदर बढ्दै गएपछि पुनः जेठ १५ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।
बिहीबार बसेको जिल्ला काेभिड १९ संकट ब्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको निर्णयबाट जेठ १ गतेबाट लागू हुने गरी १५ दिन निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए ।

समितिले यसअघिको बैठकमा वैशाख २१ गते राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।
योसंगै थप गरिएको निषेधाज्ञामा भने स्वास्थ्य क्षेत्रका सेवाबाहेक अन्य सबै क्षेत्र पूर्ण रुपमा बन्द गरिने प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए ।

निषेधाज्ञा अवधिभर अतिअावश्यक काम बाहेक काेहि घरबाट बाहिर ननिस्किने तथा जथाभावी हिडडुल नगर्ने ।नेपालप्रहरी र शस्त्र प्रहरीकाे संयुक्त सुरक्षा निगरानी बढाइ कडारुपमा चेकजाचकाे ब्यवस्था मिलाई मित्र राष्ट्रसंग जाेडिएकाे सिमानाकाबाट अावतजावत पुर्ण रुपमा बन्द गर्ने प्रजिअ मिश्रले राष्ट्रिय दैनिकलाई जानकारी दिए ।
साथै सुचनामा उल्लेखित अादेशकाे उलंघन गर्ने ,अादेश पालनागर्ने कार्यमा अवराेध गर्नेहरूउपर संक्रमण राेग एेन ,२०२० र स्थानीय प्रशासन एेन ,२०२८ बमोजिम कार्वाही हुने पनि निषेधाज्ञा अादेशमा उल्लेख गरिएको छ।
हेर्नुहाेस निषेधाज्ञामा उल्लेखित अादेशहरु…


राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

