Rashtriya Dainik

रामग्राम नगरपालीकाद्धारा कोभिड १९ का बिरामीलाई घरदैलोमै सेवा

उमेश बि.क/नवलपरासी , ३० बैशाख ÷ रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले कोभिड १९ संक्रमती भई होम आईसोलेसनमा बसेका संक्रमीतहरुको घर घरमा पुगेर औषधी वितरण गर्ने कामको आजबाट थालनी गर्नुभएको छ ।
नगरपालीकाले कोविड १९ संक्रमीत भई होमआईसोलेसनमा रहेका नगरपालीका भित्रका सबै बिरामीहरुलाई स्वास्थ्यकर्मीहरु मार्फत घरमै गई परामर्श दिने र औषधी सहित स्वास्थ्य सामाग्री बितरण गर्ने कामको वडा न. ४ बाट थालनी गरिएको हो ।
कोभिड १९ संक्रमती भई होम आईसोलेसनमा बसेकाहरुलाई आवश्यक पर्ने प्राथमिक औषधी (सिटामोल , जिकं चक्की , भिटामिट सि , भिटामिन बि टुवेल , जिवनजल आदी ) सहित मास्क र जनचेतना मुलक प्रचार सामाग्री लिएर नगर प्रमुख गुप्ता आफै संक्रमीतको घर घर पुगेपछि संक्रमीतले खुसी व्यक्त गरेका छन् ।
नगर भित्र कोभिड १९ संक्रमती भई घरमै होम आईसोलेसनमा बसेका सवै संक्रमीतहरु लाई आवश्यक पर्ने न्युनतम औषधी र स्वास्थ्य सामाग्री वितरण गरिने योजना रहेको प्रमुख गुप्ताले जानकारी दिनुभयो ।

नगरप्रमुख गुप्ता सहित स्वास्थ्यकर्मी टोलीले संक्रमीत सबैको घर घरमा पुगेर विरामीको स्वास्थ्य अवस्था बारे जानकारी लिदै विरामीलाई आवश्यक औषधी र स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।

नगरपालीकाले यस वाहेक होम होमआईसोलेसनमा बसेका संक्रमीतहरुलाई आवश्यकता अनुसार टेलिफोनबाट स्वास्थ्यकर्मी मार्फत परामर्श दिने गरी संक्रमीतलाई सेवा प्रवाह गर्ने व्यस्था समेत मिलाईएको नगरपालीका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले जानकारी दिनुभयो ।

आजबाट वडा न. ४ का संक्रमीतको घरदैलोमा पुगेर औषधी र स्वास्थ्य सामाग्री बितरण भएपछि नगरपालीकाबाट गरिएको उक्त काम प्रशंसनीय रहेको र यस वाट कोभिड संक्रमीत बिरामीले राहतको महशुश गरेको वडा न. ४ का वडा अध्यक्ष मदन यादवले बताउनुभयो ।
यस अगाबै रामग्राम नगरपालीका वडा न–४ जितपुर स्थित पाल्ही बहुमुखी क्यापसको भवनमा नगरपालीकाले अख्सिजन सहितको २० शैयाको आईसोलेसन सेन्टर सञ्चालनमा आएपछि कोभिड बिरामीले सेवा लिदै आएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित