संजय कुशवाहा / नवलपरासी पश्चिम नवलपरासीको विभिन्न ठाउँहरुबाट एक मोटरसाइकल सहित ९ लाख १५ हजार ८ सय ३५ रूपैयाँ मूल्य बराबरको अबैध मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार बर्दघाट नगरपालिका वडा न. ७ जिमिरेभार चोकस्थित भारतबाट नेपालतर्फ भन्सार छली अबैधरूपमा ल्याउदै गरेको अन्दाजी ३ लाख ७८ हजार ८ सय मुल्य बराबरको पेन्टर मेसिन,हिट प्रेस मेसिन, पेपर, टिसर्ट, प्लाष्टिक डोरी लगायत विभिन्न समान इलाका प्रहरी कार्यालय बर्दघाटले नियन्त्रण गरेको छ । यसैगरी सुनवल नगरपालिका वडा नं. १३ बडेरास्थित भारतबाट नेपालतर्फ भन्सार छली अबैधरूपमा लैजाँदै गरेको करिब १ लाख १५ हजार २ सय मुल्य बराबरको ३ सय ८४ थान लेडिज टप्स इलाका प्रहरी कार्यालय सुनवलले नियन्त्रण गरेको छ । यसैगरी पाल्हिनन्दन गाउँपालिका वडा न. १ झरहि खोलाबाट करिब ४६ हजार ३५ सय मुल्य बराबरको भारतबाट नेपालतर्फ भन्सार छली अबैधरूपमा ल्याउदै गरेको ४ सय किलो प्याज , Gluco One, Blood Pressure Monitor, Malaria PF/PV Antigen Test लगायतका सामान समान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । त्यसैगरी भारतबाट नेपाल तर्फ भन्सार छली यु पी ५३ सी एम ४६८० नम्बरको मोटरसाईकलमा राखि अवैध रुपमा ल्याउदै गरेको रेडमि मोबाइल १५ थान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले सरावल गाउँपालिका वडा नं. ७ बुलन्दपुरबाट मोटरसाईकल सहित बरामद गरेको छ । उक्त बरामद मोबाईलको अन्दाजी मुल्य ३ लाख र मोटरसाईकलको अन्दाजी मुल्य ५० हजार गरी जम्मा ३ लाख ५० हजार मुल्य नियन्त्रण गरेको छ । त्यसैगरी सरावल गाउँपालिका वडा न. ७ भन्सार टोलस्थित भारतबाट नेपालतर्फ भन्सार छली अबैधरूपमा ल्याउदै गरेको करिब १० हजार ८ सय मुल्य बराबरको चिनी ( ५० किलो ), प्याज ( ४० किलो ) र नेपालबाट भारत तर्फ अवैध रुपमा लैजादै गरेको अन्दाजी १५ हजार मुल्य बराबरको हरियो मटर (१५० किलो ) , मटरको दाल (५० किलो ) लगायतका सामान प्रहरी चौकी भुजहवाले नियन्त्रण गरेको छ । उक्त सामान साईकलमा राखी लैजादै गर्दा प्रहरी टोलीलाई देखेपछी सामान छाडी साईकल लिई मानसिक भागेका थिए । नियन्त्रणमा लिएको मालसामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी राजु लामाले बताए । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।