Rashtriya Dainik

त्रिवेणीको सामुदायिक सर्पदंश उपचार केन्द्रमा चार महिनामा १९६ बिरामीको सफल उपचार

आरपि उपाध्याय / नवलपरासी ,२१ साउन

श्री गोरखदल गण नवलपरासी अन्तर्गत “क” गुल्म सुरक्षा बेस त्रिवेणीमा रहेको सामुदायिक सर्पडंस उपचार केन्द्रले सर्पले टोकेका बिरामीहरुलाई सफल उपचार गर्दै मानवीय सेवा कार्यलाई अगाडि बढाउदै आएको छ।

सामुदायिक सर्पडंस उपचार केन्द्रले विनयी त्रिवेणी वडा न.६,७,सुस्ता, प्रतापपुर,सरावल गाउँपालिका र बर्दघाट नगरपालिका सहित सिमा पार भारतका बिरामीहरुलाई उपचार गर्दै आएको उपचार केन्द्रले बताएको छ।

गोरखदल गण न.प. सुरक्षा बेस त्रिवेणीको जनशक्तिले सर्पडंसका बिरामीहरुलाई उपचार कार्य गर्दै आएको हो।
उपचार केन्द्रले दिएको जानकारी अनुसार गत वैशाखमा २५ जना सर्पले टोकेको बिरामी उपचारको लागि आएकोमा सबै बिरामी उपचार पछि घर फर्किएको र ज्येष्ठ महिनामा ५२ जना बिरामीहरु उपचार केन्द्रमा आएकोमा ४ व्यक्तिलाई विषालु सर्पले टोकेको मध्य तीन व्यक्ति उपचार पछि सकुशल घर फर्केको बताइएको छ।

त्यसैगरी असार महिनामा ७० बिरामी उपचारको लागि आएकोमा तीन व्यक्तिलाई विषालु सर्पले टोकेकोमा तीनैजना बिरामीहरुलाई उपचार सहित अन्यत्र रिफर गरिएको थियो भने श्रावण महिनाको २० गतेसम्म ४९ बिरामी उपचारको लागि आएकोमा एक जना बिरामीलाई विषालु सर्पले टोकेकोमा उपचार पछि घर फर्केको उपचार कार्यमा कार्यरत स्वास्थ्यकर्मीले बताएका छन।
२०६८ सालदेखि सेवा प्रारम्भ गरेको सामुदायिक सर्पडंस उपचार केन्द्रले अति गम्भीर अवस्थामा पुगेका बिरामीहरुलाई उपचार पछि घर फर्काइएको पनि जानकारी गराइएको छ।
उपचार केन्द्रमा सिमा पार भारतबाट वैशाखदेखि श्रावण २० गतेसम्म ५५ बिरामी उपचारको लागि आएको स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन।

सर्पडंस उपचार केन्द्रका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य कार्यालय नवलपुरबाट श्रावण महिनामा ७० भेनम भाएल विषालु सर्पको टोकाइ विरुद्ध लगाइने `एन्टी स्नेक खोप´आएको त्रिवेणी स्वास्थ्य केन्द्रका प्रमुख रघुनाथ भट्टराईले जानकारी दिनुभयो।

सिमावर्ती त्रिवेणी र आसपासका क्षेत्रमा सर्पले टोकेका बिरामीलाई सफल उपचार गरी नागरिकको स्वास्थ्य उपचार कार्यमा नेपाली सेनाले पुर्याउदै आएको सेवालाई निरन्तरता दिदै आगामी दिनमा उपचार सेवालाई थप सुविधा सहितको सेवाको माग पनि गरिएको छ।

सर्पले टोकेको बिरामीको रगत परिक्षण गर्नुपर्ने र केही गम्भीर बिरामीहरुलाई भेन्टीलेटरमा राखी उपचार गर्नुपर्ने हुँदा थप सुविधा उपलब्ध गराउन स्थानीय पालिका,जिल्ला स्वास्थ्य कार्यालय र स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण हुनुपर्ने माग पनि स्थानीय तहबाट उठ्न थालेको बुझिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित