महेश यादव , नवलपरासी / ३० बैशाख
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ५ मा नयाँ भेेरियन्ट सहितको कोरोना भाईरसबाट बच्नकाे लागि समुदायमा जनचेतना फैलाउदै माक्स वितरण गरिएको हाे ।
संवाद किशोर किशोरी सञ्जालकाे अायाेजना तथा एबिसि नेपाल ,स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोगमा काेराेना भाईरसबाट बच्नकाे लागि समुदायमा जनचेतना फैलाउन माक्स वितरण गरिएको थियो ।
सञ्जालका अध्यक्ष रिमा काेहारकाे अध्यक्षतामा नयाँ भेेरियन्ट सहितको कोरोना बाट बच्न र जनचेतना फैलाउन माक्स वितरण गरिएकाे थियोे ।

समुदायमा काेराेनाकाे संक्रमणबाट परेकाे प्रभावलाई जनचेतना फैलाउदै किशोर किशोरी तथा तिनका अभिभावकहरुलाई माक्स लगाउन , सेनिटाईजर प्रयाेग गर्न , समाजिक दुरि कायम गर्न र स्वास्थ्य मापदण्ड पालना गर्न सिकाउदै माक्स बितरण गरेको हाे ।साथै सञ्जालमा रहेको किशोर किशोरीहरुकाे सकृय सहभागीता र एबिसि नेपालकाे सहयोगमा विभिन्न स्वास्थ्य सामाग्री प्रयाेग गरि र स्वास्थ्य मापदण्डकाे पालना गर्दै सामाजिक दुरि कायम गरि हरेक टोल टोलमा नयाँ भेरियन्ट सहितको काेराेना भाईरसकाे संक्रमणबाट अाफु बच्न र अरुलाई बचाउन उदेश्यले माक्स वितरण गरिएको अध्यक्ष काेहारले बताएकी हुन ।

साे अवसरमा एविसि नेपालका सुपरभाइजर राजमन बरई संगै सञ्जालका किशोर किशोरीहरुकाे सहभागीतामा माक्स वितरण गरिएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

