Rashtriya Dainik

बैशाख ३० गते रमजान र ३१ गते शुक्रवारका दिन ईद उल फितर मनाइने: राष्ट्रीय मदरसा संघ नेपाल

कपिलवस्तु / २९ बैशाख

आज नेपालको कुनै पनि भागमा चन्द्रमा देखिएन न त छिमेकी देशहरुबाट चन्द्रमा देखेको कुनै समाचार आएको छ त्यसकारण भोली बिहीवार (३०बैशाख) ३० रमजान हुने र पर्सि (३१बैशाख) शुक्रवार ईद उल फितर मनाउने कुरा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी,महासचिव मौलाना मशहूद खां नेपाली र संस्थापक शमीम अहमद नदवीले बताएका छन।
रमजान महिनाको शुरुवात चन्द्रमा दैखेर हुन्छ र कुनै बर्ष ३०दिन र कुनै बर्ष २९ दिनको रमजान महिना हुन्छ
इस्लाम धर्मको पवित्र महिना रमजान वैशाख १गते देखि शुरु भएको थियो यो महिना धैरे बरकत वाला महिना‌ रहेको यो महिनामा सबैले आ आफ्नो तरिकाले इबादत गर्ने र साथ साथै आफ्नो घरको वरिपरि वा गाउं टोलमा रहेका गरिब असहायहरुको मदत गरि गरिब परिवारहरुको पेट भर्ने काम अधिकांश मुस्लिम समुदायले गर्दछन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित