तुलसीराम पौडेल /रुपन्देही ,२ श्रावण
लुम्बिनी नलकूप जल उपभोक्ता संघ क्षेत्रीय समिति मानपकडी, रुपन्देहीको ३५औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ।
समितिका अध्यक्ष नवलराज शर्मा भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी नलकूप जल उपभोक्ता संघ मूल समितिका उपाध्यक्ष चन्द्रदत्त पौडेल प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले सिँचाइ प्रणालीको दिगो व्यवस्थापनका लागि जल उपभोक्ताबीच एकता, पारदर्शिता र जिम्मेवारीबोध आवश्यक रहेको बताउनुभयो। उहाँले नलकूप प्रणालीलाई प्रभावकारी रूपमा सञ्चालन गर्न समयमै मर्मत–सम्भार, उपभोक्ताको सक्रिय सहभागिता तथा संस्थागत सुदृढीकरणमा जोड दिँदै कृषिको उत्पादन वृद्धि र किसानको आयआर्जनसँग सिँचाइ प्रणाली प्रत्यक्ष जोडिएकाले यसको संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो।
त्यस अवसरमा समितिका अध्यक्ष नवलराज शर्मा भट्टराईले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वर्षमा सम्पन्न भएका कार्यक्रम, सिँचाइ सेवा सञ्चालनको अवस्था, संस्थाले गरेका उपलब्धि तथा आगामी कार्ययोजनाबारे जानकारी गराउनुभयो। उहाँले संस्थालाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउँदै किसानमुखी सेवा प्रवाहमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

पूर्व कृषि अधिकृत चन्द्रबहादुर जिसीले शुभकामना मन्तव्य व्यक्त गर्दै सिँचाइ सुविधाको प्रभावकारी उपयोगमार्फत कृषि उत्पादन वृद्धि गर्न किसानलाई आग्रह गर्नुभयो।
संस्थाका क्षेत्रीय प्रतिनिधि रेसमलाल उपाध्यायले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा व्यवस्थापन क्षेत्रीय सचिव रमेश चन्द्र मिश्रले गर्नुभएको थियो भने सञ्चालन जल उपभोक्ता सदस्य जितबहादुर चौधरीले गर्नुभएको थियो।
साधारणसभामा संस्थाको वार्षिक प्रगति, सिँचाइ सेवा सञ्चालनको अवस्था तथा आगामी कार्ययोजनामाथि छलफल गरिएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

