नवलपरासी / २९ बैशाख
पश्चिम नवलपरासीमा कोरोना संक्रमणको कारण बुधबार एकै दिन ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामग्राम नगरपालिकाका २ जना पुरुष र सुनवल नगरपालिका ३ जना महिला र एक जना पुरुष रहेका छन् ।
सुनवल नगरपालिकाका वडा नम्बर ४ की ८४ वर्षीय र २८ वर्षीय र वडा नम्बर ८ की २९ वर्षीय महिलाको होम आइसोलेसनमा मृत्यु भएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख कृष्णप्रसाद पोखरेलले बताए । सुनवल नगरपालिका ८ का ६३ वर्षीय पुरुषको रुपन्देहीको भिम अस्पतालमा मृत्यु भएको हो ।
यसैगरी रामग्राम नगरपालिका वडा नम्बर १० र १८ का कोरोना संक्रमित दुई जनाको जिल्ला अस्पताल परासीमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा आजसम्म १ हजार २ सय २२ जना संक्रिय सक्रमित छन् भने कोरना संक्रमणबाट ८२ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

