Rashtriya Dainik

रुपन्देहीमा चरम अभाव भएपछि सिमरा र चितवनबाट हेलिकोप्टरमा ल्याइयो अक्सिजन

रुपन्देहीमा चरम अभाव भएपछि सिमरा र चितवनबाट हेलिकोप्टरमा अक्सिजन ल्याइएको छ । अक्सिजनको अभावमा अस्पतालमा भर्ना भएका कोरोना संक्रमितको मृत्यु हुन थालेको अवस्थामा बुधबार साँझ हेलिकोप्टरमा अक्सिजन ल्याइएको हो । 

सिमरा र चितवनबाट सेनाको हेलिकोप्टरमा ४० सिलिन्डर अक्सिजन ल्याइएको छ । 

अक्सिजनको अभावमा बुधबार दिउँसो पाँचजनाको मृत्यु भएको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । 

समयमा अक्सिजन आपूर्ति नहुँदा रुपन्देही र नवलपरासीका बिरामीको ज्यान गएको उनले बताए । रुपन्देहीका चार र नवलपरासी बर्दघाटका एक बिरामीको मृत्यु भएको डा. गौतमले जानकारी दिए ।

रुपन्देहीमा तीनवटा अक्सिजन उद्योग छन् । ती उद्योगले दैनिक ११ सय सिलिन्डर उत्पादन गर्छन् । तर, दैनिक माग २१ सय ५० रहेको जिल्ला जनस्वास्थ्य प्रमुख राजेन्द्र गिरीले बताए । 

रुपन्देहीमा करिब एक दर्जन अस्पताल छन् । तीमध्ये सरकारी दुईवटा र निजी तीनवटा गरी पाँचवटा कोभिड अस्पताल छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित